‘किपूया गथु प्याखं’ नामक पुस्तक बजारमा

इनेप्लिज २०७२ असोज २७ गते २:२३ मा प्रकाशित

काठमाडौँ, २७ असोज । पत्रकार श्रीकृष्ण महर्जनले नेपाल भाषामा लेख्नुभएको ‘किपूया गथु प्या खं’ नामक पुस्तक हिजो यहाँ सार्वजनिक गरिएको छ ।

कीर्तिपुर क्षेत्रमा महत्वपूर्ण मानिएको १२ वर्षे नाचलाई समेटेर पुस्तक प्रकाशन गरिएको छ । नेवार समुदायको विशेष बसोबास तथा अन्य समुदायको मिश्रित बसोबास रहेको प्राचीन नगरीका रुपमा कीर्तिपुरलाई लिइन्छ । सप्त मातृकासहित ११ देवीदेवताको प्रतीकका रुपमा सो नाच मुकुण्डो लगाएर गरिन्छ । मल्लकालबाट सुरु भएको सो नाच तन्त्र र वैदिक दर्शनमा आधारित छ । त्यहाँका स्थानीय जात्रा, पर्व, संस्कृति तथा परम्पराले मुलुकको संस्कृतिको विकासमा योगदान पु¥याएको छ ।

बाह्र वर्षे नाचका विज्ञ तथा सोही नृत्यका गुरु बेखालाल माली, राजकुमार माली, सूर्जमान माली, चन्द्रबहादुर माली र प्रेम मालीले संयुक्तरुपमा हिजो सो पुस्तकको लोकार्पण गर्नुभयो ।

सो अवसरमा गुरु राजकुमार मालीले सो नाच देश तथा जनताको सुरक्षाका लागि अत्यन्त मेहेनत गरी देखाउनपर्ने परम्परा भएको र त्यसले कीर्तिपुरको जीवन्त संस्कृतिका रुपमा महत्व राख्ने बताउनुभयो ।

लेखक महर्जनले सो नाच अहिले विभिन्न कारणले लोपोन्मुख बन्दै गएकाले युवा पुस्तालाई आकर्षित गरी त्यसको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया