जिप दुर्घटना सत्र घाइते

इनेप्लिज २०७२ असोज २६ गते १२:२७ मा प्रकाशित

accident-signभीमदत्तनगर, २६ असोज । दार्चुलाको दल्लेखबाट सदरमुकाम खलङ्गा आउँदै गरेको यात्रुवाहक जिप आज दुर्घटना हुँदा १७ जना घाइते भएका छन् ।

से१ज २६७ नम्बरको जिप स्थानीय डेढागाडा भन्ने स्थानमा दुर्घटना भएको थियो । दुर्घटनामा परी घाइते भएकामध्ये एक प्रहरीसहित तीन जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक सुशीलसिंह राठौरले बताउनुभयो ।

गम्भीर घाइतेलाई उपचारका लागि धनगढी पठाइएको छ भने १४ जनाको सदरमुकामस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ । स्थानीय प्रत्यक्षदर्शीका अनुसार घुम्तीमा ब्रेक फेल हुँदा जिप भीरबाट ३३ मिटर तल खसेको थियो । प्रहरीका अनुसार घाइते हुनेमा बालबालिकाको सङ्ख्या बढी छ ।

प्रतिक्रिया