रेडियो अर्पणको सभाहलमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

इनेप्लिज २०७२ असोज २६ गते ११:२४ मा प्रकाशित

असोज,२६
रेडियो अर्पणको सभाहलमा शुभकामना आदानप्रदान कार्यक्रम आज सम्पन्न भएको छ।विजया दशमी,शुभदिपावली तथा छट पर्व २०७२को अवसरमा रेडियो अर्पण १०४.५ मेगाहर्ज,अर्पण बचत तथा ऋण सहकारी संस्था,अभियान टेलिभिजन तथा अर्पण टेलिभिजनको संयुक्त आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको हो । रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानबहादुर बिसुरालको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा नेकपा एमाले नगर अध्यक्ष प्रेमनाथ दुवाडी,नेपाली कांग्रेसका नगरसभापति रुपनराज घिमिरे,राप्रपा नेपालका नगर प्रमुख गोकर्ण प्रसाद अधिकारी,लायन्स क्लव अफ मिड नेपाल रत्ननगरका अध्यक्ष सुरेशचन्द्र आचार्य,रत्ननगर उद्योग वाणिज्य संघका उपाध्यक्ष राजाराम रेग्मी,सर्वज्ञ वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हरिशरण पाठक,स्वागत वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अर्जुन पौडेल,राष्ट्रिय लोकभजनका जिल्ला अध्यक्ष टीकाराम लामिछाने, अर्पण बचत तथा ऋण सहकारी संस्था लिका सेयर सदस्यहरु,रेडियो अर्पणका कर्मचारी लगायतले शुभकामना व्यक्त गरेका थिए।।रेडियो अर्पणका सचिव मोहदत्त पौडेलले स्वागत मनतव्य राख्नुभएको कार्यक्रम रेडियोका कार्यवाहाक अध्यक्ष यमन भुषालको अध्यक्षतामा सम्पन्न भएको हो ।

पत्रकार र लायन्सबीच फुटबल हुँदै
रत्ननगर, २६ असोज
लायन्स क्लब अफ चितवन मिड टाउन रत्ननगरको आयोजनामा आज पूर्वी चितवनका पत्रकार लायन्स क्लब चितवन मिड टाउनबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुँदैछ । आजै अपरान्ह ४ बजे हुने खेल पूर्वी चितवनमा रहेको नेपा उच्च माबिको खेल मैदानमा हुने प्रतियोगिताका संयोजक प्रकाश शर्माले जानकारी दिनुभयो ।

शुभकामना आदानप्रदान कार्यक्रम
रत्ननगर २६ असोज
रत्ननगर २ शान्तिनगरमा रहेको दुर्गामन्दिरमा आज दुर्गापुजाको उद्घाटन तथा बिजयादशमी तथा शुभ दिपावलीको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । दुर्गा मन्दिरको दुर्गा पुजा व्यवस्थापन उपसमितिको आयोजनामा आज बिहान कार्यक्रम सम्पन्न भएको हो । दुर्गा मन्दिर मुल समितिका अध्यक्ष सानु कुमारी गौतम प्रमुख अतिथि रहनुभएको कार्यक्रममा सहभागीहरुले बिजया दशमी तथा शुभ दिपावलीको शुभकामना व्यक्त गर्नुका साथै दुर्गा मन्दिर स्थापनाको महत्व र यसको आवश्यकताको बारेमा चर्चा गरेका थिए । कार्यक्रममा शान्तप्रसाद दुवाडी, टेकबहादुर चापागाईँ, पूर्ण पुरी, सानुकुमारी गौतम लगायतले बोल्नुभएको थियो । केशवराज पाठकले सञ्चालन गर्नुभएको कार्यक्रम दुर्गा पुजा व्यवस्थापन उपसमितिका अध्यक्ष झनक पौडेलको अध्यक्षतामा सम्पन्न भएको हो ।

शुभकामना तथा चियापान कार्यक्रम
रत्ननगर, असोज २६
नेपाली कांग्रेस नगर समितिको आयोजनामा आज रत्ननगरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ । बिजयादशमी, शुभ दिपावली तथा छठ पर्बको अवसरमा सो कार्यक्रमको आयोजना गरिएको हो । नेपाली कांग्रेस चितवनका जिल्ला सभापति टेकप्रसाद गुरुङ्गको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सहभागीले शुभकामना आदान प्रदान गरेका थिए । कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सचिब जितनारायण श्रेष्ठ, क्षेत्र नं. २ का क्षेत्रीय सभापति कुमार कार्की, महासमिति सदस्य जयेन्द्रकुमार श्रेष्ठ, महाधिवेशन प्रतिनिधि माधव अर्याल, उत्तम आचार्य, गीता वाग्ले तथा पूर्व क्षेत्रीय सभापति नन्दराम कंडेल लगायतले बोल्नुभएको थियो । नगरसचिब चेतनाथ पौडेलले स्वागत मन्तब्य राख्नुभएको कार्यक्रम नेपाली कांग्रेस रत्ननगरका नगर सभापति रुपनराज घिमिरेको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रतिक्रिया