ओली नेपालका ३८ औं प्रधानमन्त्री

इनेप्लिज २०७२ असोज २४ गते १२:५० मा प्रकाशित

sushmaकाठमाडौ, २४ असोज । नेकपा एमालेका अध्यक्ष खड्ग प्रसाद ओली (केपी शर्मा ओली) नेपालको ३८ औं प्रधानमन्त्री पदमा निर्वाचित भएका छन ।

नयाँ संविधानको ब्यवस्था अनुसार रुपान्तरिम ब्यवस्थापिका संसदमा आज भएको निर्वाचनमा ओली ३३८ मत प्राप्त गर्दै विजयी बनेका हुन ।
आफ्ना विपक्षी नेपाली काग्रेसका सभापति सुशील कोइरालालाईलाई उनले ८९ मतको अन्तरले पराजित गरेका हुन । कोइरालाले २४९ मत पाएका थिए । संसदमा कायम ५९८ सभासद मध्ये ५८७ सभासदले मतदानमा भाग लिएका थिए ।
ओलीको पक्षमा एकीकृत नेकपा माओवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक), नेकपा माले, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, नेकपा संयूक्त, नेपाल परिवार दल, समाजवादी जनता पार्टी, नेपाः राष्ट्रिय पार्टी, बहुजन शक्ति पार्टी, राष्ट्रिय प्रजातान्त्रिक पार्टी र एक स्वतन्त्र सभासदसहित १७ दलले मतदान गरेका थिए ।
कोइरालालाई भने संयूक्त लोकतान्त्रिक मधेसी मोर्चा आबद्ध चार दल, फोरम गणतान्त्रिक र राष्ट्रिय मधेस समाजवादी पार्टीले मत दिएका थिए । नेपाली काग्रेसकै सभासद प्रदिप गिरी, जीवन परियार र बद्री पाण्डले कोइरालालाई भोट हालेनन । मतदानको अघि सूचना गर्दा बाहिर निस्किएका उनीहरु भित्र नपसेपछि मत हाल्न नपाएका हुन । ओलीका समर्थक रहेका हरिचरण साहले अन्तिम समयमा कोइरालाको पक्षमा मत हालेका थिए । उनले राजाबादी राप्रपा आएका कारण आफूले प्रजातान्त्रिक उम्मेदवार कोइरालालाई मत दिएको बताए । गोपाल दहित सभासद रहेको पार्टीले भने निर्वाचन बहिस्कार गरेको थियो ।
ओलीले आफ्नो जीवनमा तीन पूर्व प्रधानमन्त्रीलाई पराजित गरेर महत्वपूर्ण पद हासिल गरेका छन । पहिलो उनले पूर्व प्रधानमन्त्री माधव कुमार नेपाललाई पराजित गरेर पार्टी अध्यक्षमा निर्वाचित बने, दोस्रो पूर्व प्रधामन्त्री झलनाथ खनाललाई पराजित गरेर पार्टीको संसदीय दलको नेता निर्वाचित बने भने तेस्रो पटक अर्का पूर्वप्रधानमन्त्री कोइरालालाई पराजित गरेर मुलुकको ३८ औ प्रधानमन्त्री बने ।
नेकपा मालेको शसस्त्र आन्दोलन अन्र्तगत झापा आन्दोलनमा सहभागि ओली पञ्चायती शासक विरुद्धको लडाईमा बर्षौ जले जीवन विताएका छन भने उनी नेकपा एमालेको बहुदलीय जनबादका प्रर्वतक मदन भण्डारीको नजिकमा रहेर उनको सिद्धान्तका अनुयायी र प्रर्वद्धकको रुपमा आफूलाई उभ्याउँदै आएका छन ।
नेपालमा ओली छैठौ कम्यूनिष्ट प्रधानमन्त्री हुन । पहिलो कम्यूनिष्ट प्रधानमन्त्रीको रुपमा एमालेबाटै मनमोहन अधिकारी निर्वाचित भएका थिए भने त्यसपछि एमालेबाट माधवकुमार नेपाल र झलनाथ खनाल बनेका थिए । अर्को कम्यूनिष्ट पार्टी एमाओवादीबाट प्रचण्ड र बाबुराम भट्टराई प्रधानमन्त्री बनिसकेका छन ।
कोइरालाले के भने
ओलीका प्रतिद्धन्दी कोइरालाले आफू पराजित भएपछि तीन दलवीचको एकता अझै पनि कायम रहने भन्दै राम्रो काममा एकता कायम रहने स्पष्ट पारे ।
उनले ओली नेतृत्वकोसरकारलाई को अपरेसन रहने भन्दै काग्रेसको सिद्धान्त नै शान्ति, स्थायीत्व, राष्ट्रियता, प्रजातन्त्र समाजवाद रहेको बताए ।

प्रतिक्रिया