विपन्न बालबालिकालाई सहयोग पुर्‍याउन अक्षय कोष स्थापना

इनेप्लिज २०७२ असोज २२ गते १:४३ मा प्रकाशित

कञ्चनपुर, २२ असोज । कञ्चनपुरकोे पुनर्वास नगरपालिका–१४ वीर बलभद्रबस्तीस्थित जनशक्ति निम्न माध्यमिक विद्यालयका संस्थापक प्रधानाध्यापक टेकबहादुर विश्वकर्माले विद्यालयमा रु एक लाखको अक्षय कोष स्थापना गर्नुभएको छ ।

विपन्न विद्यार्थीलाई शैक्षिक सहयोग पु¥याउन विद्यालयमा अक्षय कोष स्थापना गरिएको हो ।

प्रधानाध्यापक विश्वकर्माले अक्षय कोष स्थापनाले विपन्न परिवारका बालबालिकालाई पठनपाठन गर्न सहज हुने बताउनुभयो ।

प्रतिक्रिया