राजविराजमा एक व्यापारी लुटियो

इनेप्लिज २०७२ असोज २१ गते १०:२८ मा प्रकाशित

सप्तरी, २१ असोज । राजविराजस्थित राजदेवी टोलमा गएराति एक व्यापारी लुटिएको छ ।

दश/बाह्र जनाको समूहमा रहेको व्यक्तिले राजविराज–२ निवासी अफरोज आलम लुटिएको प्रहरीले जनाएको छ ।

विराटनगरको राष्ट्रिय वाणिज्य बैंकबाट रु एक लाख ७५ हजार लिएर आफ्नो घर जाँदै गरेको अवस्थामा ती व्यक्तिले आफ्नो पैसा लुटेको पीडित आलमले जानकारी दिनुभयो ।

प्रहरी भने केही व्यक्तिले समान्य झगडामा पैसा खोसेको बताइएको छ । साथै पैसा लिने व्यक्तिको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रतिक्रिया