स्कुटी दुर्घटनामा एकको मृत्यु

इनेप्लिज २०७२ असोज २१ गते २:५२ मा प्रकाशित

accident-signइनरुवा, २१ असोज । पूर्वपश्चिम लोकमार्गअन्तर्गत सुनसरीको हरिपुर गाविसमा बुधबार स्कुटी दुर्घटनामा एकजनाको मृत्युभएको छ ।

हरिपुर गाविस– ९ स्थित पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको स५प ९५५६ नंको स्कुटी अनियन्त्रित भई दुर्घटना हुँदा स्कुटी चालक तरही– ४ बस्ने २५ वर्षीय मनोज चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

दुर्घटनामा परी घाइते भएका चौधरीलाई धर्मेश्वर अस्पताल सप्तरी लगिएकामा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक श्यामसिंह चौधरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया