काठमाडौँ, २१ असोज । कवि हरिमाया भेटवालको ‘बाटो खोज्दै बाटोमा’ कविता सङ्ग्रहको हिजो यहाँ विमोचन गरियो ।
कविता सङ्ग्रहको वरिष्ठ स्रष्टाहरू कवि तुलसी दिवस, आशिष मल्ल, डा विष्णुविभु घिमिरे, हेम प्रभास र कवयित्री गीता त्रिपाठीले संयुक्त रुपमा विमोचन गर्नुभएको थियो ।
मधुवन साहित्य प्रतिष्ठान र साहित्य परिवारले आयोजना गरेको विमोचन कार्यक्रममा कविता सङ्ग्रहमाथि समीक्षा गर्दै गीता त्रिपाठी र कवि हेम प्रवासले कविता सङ्ग्रहमा कविता जुनसुकै वादमा लेखिएका भए पनि ती कविताले समाजको आवाजलाई बुलन्द गरेको भनाइ राख्नुभयो ।
यसअघि उहाँको ‘दोस्रो दर्जा’ ‘मैनका मान्छेहरु’ कथा सङ्ग्रह र ‘आहाल’ नाटक सङ्ग्रह प्रकाशित भइसकेका छन् ।
शब्दार्थ प्रकाशनले प्रकाशन गरेको कविता सङ्ग्रहमा बाटो खोज्दै बाटोमा, आमा र घाम, राजनीति, नयाँ घर, बौलाहा कवि, रुपान्तरण, नागरिकता, माछाहरु, मर्न के गाह्रो छ र ?, आँखा, किसानलगायत विषयका ५५ वटा कविता छन् ।
प्रतिक्रिया