एनआरएनको सचिवमा सन्तोषकुमार भट्टराईको उम्मेदवारी घोषणा

इनेप्लिज २०७२ असोज २१ गते ०:२७ मा प्रकाशित

Santosh-Bhattaraiकाठमाडौँ, २० असोज । गैरआवासीय नेपाली संघ (एनआरएन) को आगामी महाधिवेशनका लागि युरोपबाट सन्तोषकुमार भट्टराईले उम्मेदवारी घोषणा गर्नुभएको छ ।

एनआरएन जर्मनीका निवर्तमान आइसीसी सदस्य समेत भट्टराईले युरोप र विभिन्न देशमा छरिएर रहेका एनआरएन अभियन्ताहरुको सुझाव अनुसार आफूले सचिवमा उम्मेदवारी दिन लागेको बताउनुभयो । एनआरएनको संस्थागत एवं नयाँ नेतृत्वको विकास र व्यवस्थापन, रोजगारीमुलक सामूहिक तथा एकल लगानीको प्रबर्धन र नेपालको पुनर्निमाणमा सामूहिक भूमिका लगायतका एजेण्डा बनाउनुभएको छ ।

नेपाली नागरिकताको निरन्तरताका लागि एनआरएनबाट गठित कार्यदलका सदस्य एवं युरोप संयोजक समेत रहनुभएका भट्टराईले एकपटकको नेपाली सँधैको नेपाली भन्ने एनआरएनको अभियानलाई सार्थक बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । विनाशकारी भूकम्पका बेला नेपालमा करिब एक महिना बसेर उहाँले एनआरएनको धादिङ र सिन्धुली जिल्लाको नेतृत्व गर्नुभएको थियो ।

उहाँले युरोपका विभिन्न देशका एनआरएन एनसीसीको निर्वाचनमा सर्वसम्मत निर्वाचन गराउन निर्णायक भूमिका खेल्नुभएको थियो । संसारभरका एनआरएन प्रतिनिधिहरुको सुझाव अनुसार उम्मेदवार बनेका कारण सचिवमा निर्वाचित हुनेमा आशावादी रहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया