काठमाडौँ, २० असोज । महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले चोरीमा संलग्न रहेका दुई जनालाई आज पक्राउ गरेको छ ।
वीरगन्ज घर भई हाल ठमेलमा बस्दै आएका उज्ज्वल लामा र काठमाडौँ ज्ञानेश्वर घर भई कपन बस्ने सञ्जय खड्कीलाई प्रहरीले प्रक्राउ गरेको हो ।
काठमाडौँको लैनचौरमा डेरा गरी बस्ने हेमराज बोहराको कोठाबाट उनीहरूले क्यामेरा, सुनचाँदीका गरगहना, मोबाइल, ल्यापटपलगायत सामान चोरी गरेका थिए । करिब पाँच लाख बराबरको सामान चोरेको आरोपमा उनीहरूलाई महानगरीय अपराध महासाशाले पक्राउ गरेको हो ।
आपराधिलाई आवश्यक कानुनी कारबाहीका लागि महानगरीय प्रहरी परिसरमा पठाइएको महाशाखाले जनाएको छ ।
प्रतिक्रिया