स्याउ निर्यातबाट सवा दश करोड आम्दानी

इनेप्लिज २०७२ असोज २० गते १३:५८ मा प्रकाशित

07092015023349Mugu-apple1-600x0जुम्ला, २० असोज । जुम्लाले चालु आर्थिक वर्षमा स्याउ निर्यातबाट झन्डै रु सवा १० करोड रुपैयाँ आम्दानी गरेको छ ।

कूल २९ सय हेक्टर जमीनमध्य ७५० हेक्टरमा उत्पादित चार हजार १२५ मेट्रिकटन स्याउमा दुई हजार नौ सय मेट्रिकटन निर्यात गरिएको थियो । जसबाट जुम्लाले रु १० करोड १५ लाख आम्दानी गरेको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत विष्णुबहादुर महतले जानकारी दिनुभयो ।

गत वर्ष पाँच हजार पाँच सय मेट्रिकटन स्याउ उत्पादन गरेको जुम्लाले यस वर्ष भने करिव १८ प्रतिशत घाटा खानुपरेको छ । गएको जेठमा परेको असिनापानीले फल झारेका कारण स्याउ उत्पादनमा कमी आएको वरिष्ठ कृषि विकास अधिकृत महतको भनाइ छ ।

जिल्ला कृषि विकास कार्यालय जुम्लाको आव २०६९/७० देखि २०७२/७३ सम्मको स्याउ उत्पादन तथा निर्यातको अभिलेखअनुसार स्याउ उत्पादकत्व दर २०७१/७२ मा ७ दशमलव ८ रहेकोमा अहिले ५ दशमलव ५ मा खुम्चिनु परेको अवस्था छ ।

कार्यालयका अनुसार प्रतिकिलो रु तीन हजार ५०० का दरले किसानले बिक्री गरेको स्याउबाट असोज महिनासम्म जुम्लाले रु १० करोड १५ लाख अन्तर जिल्लाबाट आम्दानी गरेका छ । कूल उत्पादित स्याउको आँकडाअनुसार रु १४ करोड ४३ लाख ७५ हजार जुम्लाले आम्दानी गर्ने देखिन्छ ।

गतवर्ष जुम्ली किसानको घरबाट प्रतिकिलो स्याउको रु ३० बजार भाउ थियो । जसबाट रु १२ करोड ३० लाख आम्दानी भएको थियो । त्यसवर्ष सबैक्षेत्रको स्याउ कारोबारबाट झण्डै रु १७ करोड आम्दानी गरेको थियो ।

प्रतिक्रिया