सरकारको नेतृत्वलाई लिएर साना दलको फरक फरक धारणा
काठमाडौँ, २० असोज । व्यवस्थापिका–संसदमा प्रतिनिधित्व गर्ने साना दलहरु नयाँ सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा विभाजित देखिएका छन् ।
रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा नेकपा (माले)का महासचिव सिपी मैनालीले तीन ठूला दल मिलेकै कारण मुलुकले संविधान पाएको र अब संविधान कार्यान्वयनका लागि पनि तीन दल मिलेरै सरकार बनाइनुपर्ने बताउनुभयो ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालको सार्वभौमसत्ता र अखण्डतामा ‘सौदाबाजी’ गर्नेको विपक्षमा आफ्नो पार्टी उभिने स्पष्ट पार्नुभयो । बहुमतीय सरकार गठनको प्रक्रिया सुरु भएर उम्मेदवार मैदानमा आएपछि आफ्नो दलले निर्णय लिने उहाँको भनाइ थियो ।
राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरीले मुलुकमा धेरै समस्या विद्यमान रहेकाले संविधान बनाउने दलहरू एक भएर सरकार बन्नुपर्ने बताउनुभयो । मुलुकको अहिलेको समस्या समाधान गर्न पनि तीन दल एक ठाँउमा बस्नुपर्ने उहाँको भनाइ थियो ।
नेकपा संयुक्तका संसदीय दलका नेता जयदेव जोशीले सोह्रबुँदे सम्झौताका बेला भएको भद्र सहमतिकै आधारमा नयाँ सरकार गठन गर्नुपर्ने बताउनुभयो ।
।
सङ्घीय लोकतान्त्रिक मोर्चाका नेता राजकिशोर यादवले आफूहरूले नयाँ संविधानको विरोध गरिरहेकाले यही संविधानअनुसार बन्ने सरकार गठन प्रक्रियामा आफूहरू सहभागी नहुने स्पष्ट पार्नुभयो ।
नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले संविधान जारी भइसकेपछिको अवस्थामा सहमतिको सरकारको आवश्यकता नभएको भन्दै अब सशक्त प्रतिपक्षसहित बहुमतको सरकार आउनुपर्ने धारणा राख्नुभयो ।
बाइडेनद्वारा ओभल कार्यालयमा नागरिक अधिकार र मजदूर नेताहरूका तस्बिरहरुको बेजोड सजावट
अमेरिकी सदनमा आक्रमणपछि अमेरिकी सदनका३८ प्रहरी र १५० राष्ट्रिय सैनिक कोभिड-१९ बाट संक्रमित
रिपब्लिकनका प्रतिनिधि सभा सदस्यले बन्दुक लिएर सभाकक्ष प्रवेशगर्दा उनलाई रोक
नेपाली फोहोरी राजनीति, ओली, प्रचण्ड, माधव, देउबा र बाबुरामहरु : एउटा भिडियो आलेख – रामप्रसाद खनाल
बाइडेनलाई राष्ट्रपति हुन नदिन सशक्त रुपमा लागेका दुई सिनेटर क्रुज र हले बिरुद्ध सिनेटमा नैतिक उजुरी पेश
प्रतिक्रिया