बेवारिसे शव फेला

इनेप्लिज २०७२ असोज २० गते १३:३६ मा प्रकाशित

महेन्द्रनगर (धनुषा), २० असोज । जनकपुरमा आज एक महिलाको बेवारिसे शव फेला परेको छ ।

जनकपुरस्थित रत्नसागर तलाउको डिलमा महिलाको वेवारिसे शव फेला परेको हो । बुधबार बिहान स्थानीयवासीले शव देखेर होहल्ला गरेपछि त्यसलाई अस्पताल पुर्‍याएको हो ।

सनाखत हुन नसकेको अन्दाजी ६५ वर्षीया ती महिलाको शरीरमा नीलडाम देखिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रतिक्रिया