‘एक घर एक निम’ अभियान

इनेप्लिज २०७२ असोज २० गते ४:३१ मा प्रकाशित

Neem_tree_leavesपरासी, २० असोज । नवलपरासीमा वातावरण प्रदूषण नियन्त्रणका लागि ‘एक घर एक निम’ अभियान सुरु गरिएको छ ।

जटायु रेस्टुरेन्ट पिठौली कावासोतीले पहिलो चरणअन्तर्गत कावासोती नगरपालिकाका करिब ८०० घरधुरीलाई एक–एकवटाका दरले निम वितरण गरेको छ ।
प्रत्येक घरमा निमको बिरुवा रोप्नाले वातावरण शुद्धीकरण सँगसँगै मानवीय स्वास्थ्यका लागि पनि लाभदायक हुने र बढ्दो वातावरण प्रदूषण नियन्त्रणका लागि पिठौली क्षेत्रका स्थानीय घरधुरीमा एक घर एक निम रोपेर अभियान सुरु गरिएको जटायु रेस्टुरेन्ट व्यवस्थापन समितिका अध्यक्ष डिवी चौधरीले बताउनुभयो ।

प्रतिक्रिया