शनिबार, मंसिर २० २०७७
काठमाडौं २३:५१
वासिङटन डिसी 13:06

पैँतीसवटा ट्याङ्कर पूर्वी नाका काँकडभिट्टा भएर नेपाल भित्रिए

इनेप्लिज २०७२ असोज २० गते ४:२३ मा प्रकाशित

12047123_880724048684163_1785120152008905982_nसुरुङ्गा (झापा), २० असोज । पूर्वी नाका काँकडभिट्टा भएर गएराति र आज बिहान गरेर पेट्रोलियम पदार्थ बोकेका ३५ वटा सवारी नेपाल भित्रिएका छन् ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाका अनुसार गएराति ३४ र आज बिहान एउटा गरी जम्मा ३५ वटा ट्याङ्कर नेपाल भित्रिएका छन् ।
नेपाल भित्रिएका ट्याङ्करमध्ये पेट्रोल बोकेका १३ वटा, मट्टितेल बोकेका एक र डिजेल बोकेको २१ वटा ट्याङ्कर नेपाल भित्रिएको मेची पेट्रोलियम एसोसिएसन झापाका अध्यक्ष लयप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया