बिहीबार, मंसिर १८ २०७७
काठमाडौं ०५:५९
वासिङटन डिसी 19:14

तेलमा कालोबजारी गर्ने पक्राउ

इनेप्लिज २०७२ असोज २० गते २:१० मा प्रकाशित

रत्ननगर (चितवन), २० असोज । चितवनमा तेलमा कालोबजारी गर्ने एकजना पक्राउ परेका छन् ।

चितवन माडी नगरपालिका–५ बस्ने ४३ वर्षीय खुमप्रसाद भट्टराईलाई कालोबजारी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । चितवनका प्रहरी प्रवक्ता राजन अधिकारीले आज दिनुभएको जानकारीअनुसार अवैध रुपमा जर्किन र ड्रममा पेट्रोलियम पदार्थ ल्याउने र चर्काे मूल्यमा बेच्ने गरेको पाइएकाले भट्टराईलाई पक्राउ गरिएको हो ।

उनीबाट १६० लिटर पेट्रोल र १४० लिटर डिजेलसमेत बरामद गरिएको छ । ना२च ६४४६ नम्बरको आफ्नै गाडीको प्रयोग गरी भरतपुरको दूरसञ्चार रोडमा राखी प्रतिलिटर रु २०० देखि रु २५० सम्म लिएर बेचेको पाइएपछि हिजो उनलाई पक्राउ गरिएको अधिकारीले जानकारी दिनुभयो । उनलाई अहिले अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय चितवनमा राखिएको र कालोबजारी मुद्दाअन्तर्गत कारबाही गरिने प्रहरीले जनाएको छ ।

यसअघि पनि पूर्वी चितवनमा एक र भरतपुरका दुईजनालाई प्रहरीले कालोबजारी गरेको आरोपमा पक्राउ गरी मुद्दा चलाइसकेको छ ।

प्रतिक्रिया