शनिबार, मंसिर १३ २०७७
काठमाडौं ०७:१५
वासिङटन डिसी 20:30

सत्तरी सवारी साधन विराटनगर भित्रिए

इनेप्लिज २०७२ असोज १९ गते २:५३ मा प्रकाशित

पथरी (मोरङ), १९ असोज । भारतको जोगवनी नाकाबाट ७० वटा मालबाहक सवारी साधन विराटनगर भित्रिएका छन् ।

विराटनगर भन्सार कार्यालयका सूचना अधिकृत राजेन्द्र ढुङ्गानाका अनुसार सोमबार साँझसम्म ग्यास, कच्चा पदार्थ र कच्चा पदार्थ बोकेको मालबाहक सवारी साधन नेपाल भित्रिएको हो । भन्सार एजेन्ट सङ्घ विराटनगरका अध्यक्ष विजेन्द्र परासरले भन्नुभयो – “सामान्य अवस्थामा विराटनगर नाकाबाट मात्रै एक सय इन्धन बोक्ने गाडी नेपाल भित्रने गरेका छन् ।”

नेपाल–भारत सीमाअन्तर्गत जोगवनी नाकामा रोकिएका मालबाहक ट्रक र ट्याङ्कर नेपालतर्फ प्रवेश गराउने बारेमा भारतीय भन्सारका अधिकारीसँग पाँचबुँदे सहमति भएपछि मालबाहक सवारी नेपाल भित्रिएका अध्यक्ष परासरले बताउनुभयो ।

प्रतिक्रिया