तीन सयजनाद्वारा रक्तदान

इनेप्लिज २०७२ असोज १९ गते २:४२ मा प्रकाशित

बुटवल (खस्यौली), १९ असोज । लायन्स क्लबले सोमबार बुटवलमा गरेको बृहत् रक्तदान कार्यक्रममा ३०० जना भन्दा बढीले रक्तदान गरेका छन् ।

‘निःस्वार्थ भावले सेवा गरौँ’ भन्ने मूल नाराका साथ रक्तदानप्रति उत्प्रेरणा जगाउन यस क्षेत्रमा क्रियाशील लायन्स, लायनेस तथा लियो क्लबले संयुक्त रुपमा रक्तदान कार्यक्रम गरिएको हो ।

सो कार्यक्रमको उद्घाटन गर्दै पूर्व डिस्ट्रिक गभर्नर अरुणप्रताव राणा र बुटवल उपमहानगरपालिकाका कार्यकारी प्रमुख ध्रुवबहादुर खड्काले रक्तदान मानिसको जीवनसँग जोडिएको सेवाभाव काम भएकाले सबैले सहयोग र निरन्तर रक्तदान गर्न सके सबैका लागि राम्रो हुने बताउनुभयो ।

कार्यक्रम लायन्स क्लब अफ बुटवलका अध्यक्ष कदरबहादुर रायमाझीको सभापतित्वमा भएको थियो ।

प्रतिक्रिया