ज्येष्ठ नागरिकका लागि स्वास्थ्य शिविर

इनेप्लिज २०७२ असोज १९ गते २:४० मा प्रकाशित

बैतडी, १९ असोज । बैतडीको कुवाकोटमा ज्येष्ठ नागरिकका लागि स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।

कुवाकोट गाविस र कुवाकोट स्वास्थ्य चौकीको संयुक्त आयोजनामा भएको शिविरको उद्देश्य ज्येष्ठ नागरिकलाई घर घरमै गएर सेवा दिने रहेको गाविस सचिव लोकराज जोशीले बताउनुभयो । उहाँले भन्नुभयो – “दुई दिनमा वडा नं १, २ ३, ४ र ५ का गरी १५७ जना ज्येष्ठ नागरिकले सेवा लिएका छन् ।”

शिविर चार दिनसम्म सञ्चालन हुने उहाँले बताउनुभयो ।

प्रतिक्रिया