एसी शेर्पालाई मत किन ?

इनेप्लिज २०७२ असोज १८ गते ४:२० मा प्रकाशित

AC Sherpa New Banner_n

विश्वका ७१ देशमा छरिएर रहेका प्रवासी नेपालीहरुलाई एकतावद्ध पार्ने संस्था गैरआवासिय नेपाली संघ सातौ विश्व सम्मेलनको अन्तिम तयारीमा छ । अक्टोवर १४ देखि १७ सम्म काठमाडौंमा हुने सो विश्व सम्मेलनले आगामी दुई बर्षका लागि नयाँ नेतृत्व छान्नेछ । नयाँ नेतृत्व छान्ने भएकाले यो सम्मेलन निकै महत्वका साथ हेरिएको छ । विश्वभरका नेपालीहरुलाई एउटै मालामा गाँस्ने एउटै अन्तर्राष्टिय संस्था एनआरएन सावित भैसकेको छ । गैरआवासिय नेपालीहरु एनसिसिको अधिवेसन सकेर विश्वसम्मेलनमा भाग लिन नेपाल आउनु भएका सबैप्रति हार्दिक स्वागत गर्न चाहान्छु ।

AC at MT Everest picआखिर सबै मानिसको ठुलो ईच्छा भनेको समाज सेवा गर्ने नै हुँदो रहेछ । आफ्नो युवा अवस्थादेखिनै समाज सेवा गर्ने रुचिका कारण जन्मभुमि सोलुखुम्बुदेखि देशका विभिन्न भागहरुमा आजसम्म थुप्रै स्थानमा समाजसेवाको साईनो गाँसेको छु । अझ मलाई मेरा सहकर्मीहरुले एनआरएन एनसिसि र आईसिसिमा रहेर काम गर्ने शैलीका कारण थप हौसला दिएर उत्तर अमेरिकाको क्षेत्रिय उपसंयोजक पदमा उठ्ने प्रेरणा दिनु भएकोमा आभारी छु । विश्व सम्मेलन नजिकिदै गर्दा मेरो विगतमा एनआरएन एनसिसि अमेरिका र आईसिसिमा रहेर गरेको कामहरुको अनुभवलाई यसपटक थप जिम्मेवारी लिने तयारीमा सबैको सहयोगको अपेक्षा गर्दछु ।
मैले विश्वका सातवटै सर्वोच्च शिखर चढे । अन्त्यमा सर्वोच्च शिखर सगरमाथामा चढ्ने क्रममा पहिलो पटक गैरआवासिय नेपाली संघको झण्डा फहराउन पाएकोमा आफुलाई गौरवशाली ठानेको छु । जसरी पनि समाज सेवा गर्न सकिन्छ भन्ने मान्यताका साथ सेभेन समिट फाउण्डेसन नामक गैरसरकारी संस्था स्थापना गरी सामाजिक काममा सदैव सक्रिय छु र रहि रहने प्रण गर्दछु ।
गत बैशाखमा गएको शक्तिशाली भुकम्पकै बेला नेपालमा आएर मुलुकका विभिन्न स्थानमा राहात वितरणमा सहभागी हुने मैका मिल्यो । खासगरी भुकम्पबाट भत्केको विकट क्षेत्रहरुका विद्यालयहरु पुर्ननिर्माण गर्ने योजनाहरु प्नि छन ।यस अघि पनि मैले व्यक्तिगत तवरबाट सोलुखुम्बुका विद्यालयहरुमा कम्प्युटर, किण्डलदेखि खेलकुदका सामाग्री वितरण गरी समाजसेवामा निरन्तरता दिदै आएको छु । मैले आफ्नो व्यक्तिगत पहलमा सोलुखुम्बुको टाप्टिडमा एक सय १० घरलाई हाईडोपावर निर्माण गरी विजुली वत्तिको व्यवस्था गरिएको छ । जसबाट राज्यको पहुँचबाट टाढा रहेका दुर्गम पहाडी जिल्लाका लागि यो एउटा उदाहरणीय कार्य हो । यसरी हरेक एनआरएनले मैले जस्तै सबैले आफ्नो गाउँ आफै बनाउने हो भने सायद नेपालमा विकासका लागि विदेशी गुहार्नु नपर्ला भन्ने लाग्दछ ।
गत वैशाखमा गएको शक्तिशाली भुकम्पका बेला आफ्नो व्यक्तिगत २० लाख भन्दा बढी सहयोग रएनआएनएको थप सहयोगमा सोलुखुम्बु, ओखलढुंगा र सिन्धुपाल्चोकमा राहात वितरण गरें । भुकम्पले ध्वस्त बनाएको सोलुखुम्बु र सिन्धुपाल्चोकको विद्यालयहरु निर्माणका लागि सेभेन समिट फाउण्डेसनबाट सिन्धुपाल्चोकको सेल्सिड स्कुललाई भवन निर्माणका लागि आर्थिक सहयोग उपलब्ध भैसकेको छ भने बाँकी कामको लागि रकम संकलन हुँदै छ ।
सेभेन समिट फाउण्डेसनमा म र मेरी क्यानेडियन पत्नी डा एलिसनले संयूक्त रुपमा संस्थालाई एक करोड ७५ लाख रुपिया सहयोग गरी सामाजिक काम गर्दै आएका छौं । आगामी दिनमा भुकम्पबाट भत्किएको स्कुल निर्माणका लागि पुन २ करोड दिने घोषणा गरिसकेका छौं ।समाज सेवाको क्रममा मैले सन् २००६ देखि नियमित रुपमा अमेरिकाको विभिन्न विश्वविद्यालयबाट ठुलो सख्यामा डाक्टरहरु नेपालमा ल्याई दिन दुखीहरुका लागि निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छु । यसबर्ष पनि त्यसको निरन्तरता स्वरुप नोभेम्बरमा बृहत स्वाथ्य शिविर आयोजना गर्ने कार्यक्रम तय भैसकेको यहाँहरुसमक्ष जानकारी गराउन चाहान्छु ।
मेरो बसोबास रहेको अमेरिकामा सन् १९९०बाट टेकिड व्यवासायबाट व्यापार शुरु गरेर हाल रियल स्टेट, कर्मशियल रेसिडेन्ड र स्टक मार्केटलगायत व्यवसायमा संलग्न रहँदै त्यो व्यापार क्यानडासम्म फैलिएको छ । पत्नी क्यानेडियन भएकोले पनि मैले आफ्नो व्यापार क्यानडाको भ्यान्कोभरमा रियल स्टेटमा लगानी गर्दै आएको छु । बहुपक्षिय व्यापारमा सहभागी हुँदा प्राप्त आम्दानीको धेरै जसो मुनाफा मातृभुमिका लागि समाजसेवामा लगानी गर्ने योजना स्वरुप कार्य गर्दै आएको र आगामी दिनमा त्यसलाई थप बढाउदै लैजाने योजना रहेको छ ।
उत्तर अमेरिकी एनआरएनको हरेक जसो कार्यक्रममा मेरो सहभागीता र सहयोग अमेरिकका र क्यानडाका एनआरएन एनसिसिमा संलग्न सबै मित्रहरुले सायदै देख्नु भएकै छ । त्यसै आधारमा मलाई उत्तर अमेरिका क्षेत्रको क्षेत्रिय उपसंयोजक पदमा निर्वाचित गराउनु हुनेछ भन्ने आशा लिएको छु । सन् २०११ देखि २०१३ सम्म र २०१३ देखि २०१५ सम्म टुरिजम टाक्स फोर्स समुहको उपसभापतिका हैसियतमा रहेर मेलै गरेको काम पनि तपाईहरुका अगाडी घाम झै छर्लडग छ । क्षेत्रिय उपसंयोजकको पदमा निर्वाचित भएमा एनआरएनअमेरिकका र क्यानडाको एनसीसीलार्इृ एकतावद्ध बनाई नेपालीहरुको हक हितमा कार्य गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।
एनआरएन अमेरिकामा हाल १० हजार ७ सय ७२ सदस्य रहेको संसारकै ठुलो एनआरएन एनसीसी बनेको छ । यस कार्यमा पनि मेरो उच्च योगदान रहेको मैले अनुभव गरेको छु । एकपटकको नेपाली सधैंको नेपाली भन्ने मूल नारा संविधानमै सम्बोधन भएर आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसहितको गैर आवासीय नागरिकता प्राप्त हुने अवस्था एनआरएनको सस्थागत सफलता हो । विश्वका ७१ राष्ट्रमा फैलिएको एनआरएन नेपाल र नेपालीको सबैभन्दा ठुलो सञ्जाल हो । यही सञ्जालमा रहेका गैर आवासीय नेपालीहरूको सीप, ज्ञान, दक्षता, अनुभव र पुँजीलाई समृद्ध नेपाल निर्माणमा उपयोग गर्दै सम्बोधन गर्नुपर्नेअहिलेको पहिलो प्राथमिकता रहेको छ । यतिखेर ७१ देशमा रहेको एनआरएन आईसिसि र एनसिसिबी घनिष्ठ सम्बन्ध बनाएर नयाँ नेपाल निर्माणको अभियानमा जुट्नु पर्दछ । त्यसैका लागि मेलै आफ्नो उम्मेदवारी घोषणा गरेको छु । विगतमा गरेको कामको मुल्याडकन गर्दै आगामी दिनमा पनि थप जिम्मेवारी प्रदान गर्नु हुनेछ भन्ने अपेक्षाका साथ मेरो उम्मेदवारी तपाईहरुको जिम्मा दिएको छु । मेरो हकमा तपाईहरुले गर्ने निर्णय नै मार्ग दर्शन हुनेछ ।

एसी शेर्पा
उम्मेदवार, क्षेत्रिय उपसंयोजक, उत्तर अमेरिका

प्रतिक्रिया