फोरमका दुई केन्द्रीय सदस्य प्रहरी नियन्त्रणमा

इनेप्लिज २०७२ असोज १८ गते ३:५४ मा प्रकाशित

पथरी (मोरङ), १८ असोज । विराटनगरस्थित भन्सार नाका सडकखण्डमा धर्ना बसेका सङ्घीय समाजवादी फोरमका दुई केन्द्रीय सदस्यलाई प्रहरीले गएराति नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक प्रमोद खरेलका अनुसार धर्नास्थलबाट हटाउन खोज्दा प्रहरीलाई उल्टै पेट्रोल बम प्रहार गरेपछि समाजवादी फोरमका केन्द्रीय सदस्य रामविलास यादव र भुराज राईलाई नियन्त्रणमा लिइएको हो ।

धर्नामा बसेका आन्दोलनकारीलाई तितरवितर गर्न प्रहरीले तीन सेल अश्रृग्याससमेत प्रहार गरेपछि उनीहरुलाई नियन्त्रणमा लिएको थियो । त्यसपछि चारसयभन्दा बढी सवारी साधन गन्तव्यतर्फ पठाएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रतिक्रिया