बिशेष नागरिकता र एनआरएन अमेरिका को भूमिका बारे भ्रम नहोस !

इनेप्लिज २०७२ असोज १७ गते १६:४३ मा प्रकाशित

हालै केही सामाजिक संजालहरुमा एनआरएन अमेरिकाले नेपाल सरकार सामु पेश गरिएका सुझाव तथा प्रस्तावहरुका सन्दर्भमा फ़िजाइएका भ्रमपूर्ण टिप्पणीका बारेमा एनआरएन अमेरिकाको ध्यानाकर्षण भएको छ |

“एक पटकको नेपाली सधैको नेपाली” भन्ने मूल एजेन्डा एनआरएनए को हो र त्यसलाई एनआरएन अमेरिकाले पूर्ण रुपमा आत्मसात गरेको छ l दोहरो नागरिकताको सन्दर्भमा एनआरएनए संग हाते मालो गर्दै एनआरएन अमेरिकाले नेपालका राजनैतिक दल ब्यस्थापिका र सरकारसंग पटक पटक भेटि पहल गरेको कुरा सर्बबिदितै छ l एनआरएनए र एनआरएन अमेरिका र विश्वका अन्य एनसीसीहरुको अथक परिश्रमबाट आज गैर आवासीय नेपालीलाइ बिशेष नागरिकताको व्यवस्था नेपालको संबिधान २०७२ ले प्रदान गरेको कुरा जगजाहेर छ | त्यसै अनुरुप संबिधान वा कानुन प्रदत्त अधिकार लक्षित समुहलाई सुलभ तरिकाले उपलब्ध होस र पृथक व्यक्ति, समुह वा सम्प्रदायले सो सुबिधाको अनुचित फाइदा लिन नसकुन भन्नेमा एनआरएन अमेरिका दृढ छ | एनआरएन अमेरिकाको विधानमा यस संस्थाको सदस्यता लिने व्यक्ति नेपाल सरकार र एनआरएनए आइसीसीले स्पस्टसंग परिभाषित गरे बमोजिम सार्क देश भन्दा बाहिर बसेका र बिशेष नागरिकताको हकमा नेपाली नागरिकता छाडी बिदेशी (हाम्रो हकमा अमेरिकन) नागरिकता लिएका नेपाली मुलका व्यक्ति भन्ने तोकिएको छ | एनआरएन अमेरिकामा सदस्यता प्राप्त गरेका नेपाली अमेरिकन व्यक्ति स्वत बिशेष नागरिकताका लागि योग्य हुनेछन | संबिधानमा उल्लेख भए बमोजिम बिशेष नागरिकताको नियमावली बनाउँदा नेपाल सरकारले एनआरएनए र एनआरएन अमेरिकालाई सहजकर्ताको भूमिका देओस भन्ने हाम्रो जोडदार माग हो l

विदेशमा तमाम नेपालीहरुको प्रतिनिधित्व गर्ने संस्था एनआरएन नै हो र एनआरएन को लागि बनाउन लागिएको बिशेष नागरिकता सम्बन्धि नियमावलीमा एनआरएन अमेरिकाले आफ्नो भूमिका खोज्नु सकारात्मक कुरा हो l यो हाम्रो माग हो, यस बाट अमेरिका बासी नेपालीहरु र नेपाल सरकारलाई पनि फाईदा हुन्छ l एनआरएन अमेरिका ३ लाख भन्दा बढी अमेरिका बासी नेपालीहरु को प्रतिनिधित्वगर्ने संस्था हो र त्यही ३ लाख भन्दा बढी नेपालीहरु लाई बिशेष नागरिकता सहज होस् भन्ने हाम्रो उदेश्य हो l यसमा कसैले बिरोध गर्नु पर्ने तुक छैन l यो नेपाली हरुको लागि नेपाली हरुद्वारा गर्न लागिएको सकारात्मक कार्य हो l
कुनै पनि देश ले प्रबासी हरु को हितमा नियम कानुनहरु बनाउदा सम्बन्धित मुलुकमा रहेका प्रबासीहरु को प्रतिनिधित्वगर्ने संस्थासंग मिलेर गर्दछ l मित्रराष्ट्र भारतले केहि दसक अगाडी एन आर आइ सम्बन्धि नियमावली बनाउदा अमेरिकामा रहेका प्रबासी भारतीयहरुको प्रत्यक्ष संलग्नता थियो l जसको फलस्वरूप भारतमा प्रवासी भारतीय मामिला मंत्रालय (MOIA) जस्तो क्याबिनेट स्तरको मंत्रालय स्थापना भएको छ l जुन मंत्रालयले विदेश मा रहेका प्रबासी भारतीय हरु संग प्रत्यक्ष सम्पर्कमा रहेर काम गरि रहेको छ l
बिशेष नागरिकता सम्बधि नियमावली प्रभाबकारी होस् र यो नियमावलीबाट बढी से बढी नेपालीहरुले फाईदा उठाउन भन्ने हेतुले हामीले नेपाल सरकार संग प्रत्यक्ष सम्पर्क मा रहेर सहजकर्ता को भूमिका मागेका हौ l यसमा कसैले बिरोध गर्नु पर्ने कुरै छैन l यो अन्तर्राष्ट्रिय मान्यता अनुरुपको कुरो हो l भारत, इजरायल, क्यानडा लगायत सबै मुलुकहरुले प्रबाशीको लागी नियम बनाउदा सम्बन्धित मुलुकको प्रबासी सगठनसंग सम्पर्कमा रहेर गरिरहेको छ l
अर्को कुरा एनआरएन अमेरिका भनेको एउटा संस्था हो, यो हामी सबै अमेरिका बासी नेपालीहरु को संस्था हो , नेपालबाट अमेरिका भ्रमणमा आउन हुने सरकारका उच्च पधाधिकारी हरु को भ्रमण लाई गतिसिल र प्रभाकारी बनाउन एनआरएन अमेरिका ले सम्बन्धित दुताबास र नियोग को सम्पर्क मा रहेर विभिन्न कार्यक्रमहरु तर्जुमा गर्ने छ l सबै नेपाली हरु को संलग्नता भएको एनआरएन जस्तो साझा संगठन ले नेतृत्व गरेको कार्यक्रम प्रभाबकारी हुने छ l
राम्रो कार्य गर्दा केही कमी कमजोरी भएमा यसलाई सबैको सहयोगबाट सुधार गर्दै जानु पर्दछ भन्ने हाम्रो मान्यता रहीआएको छ। यो एनआरएन अमेरिका तपाईहरुको आफ्नै संस्था हो, संस्था को सफलता तपाईहरु को सहयोग र सद्भाव बाट मात्र सम्भब हुन्छ l तपाईहरुको सकारात्मक सुझाब प्रसंसनिय छ l

जय एनआरएन
सर्बज्ञ वाग्ले
मिडिया कोअर्डिनेटर

प्रतिक्रिया