गैर आवसिय नेपाली संघ अन्तरराष्ट्रिय समन्बय परिषध (NRNA ICC) को उत्तर अमेरिका क्षेत्रिय संयोजक पदमा मेरो उम्मेद्वारी किन ?

इनेप्लिज २०७२ असोज १७ गते १०:५६ मा प्रकाशित

ram chandra kharelनेपालीका लागि नेपाली, एक पटकको नेपाली सधैंका लागि नेपाली भन्ने गैर आवासिय नेपाली संघको मूल नारालाई अवलम्वन गर्दै नेपालमा तथा नेपाल वाहिर विगतमा भएका प्राय सवैजसो उच्च स्तरिय प्रतिनिधि मण्डलहरुमा सहभागी हुँदै आएको हुँदा भविस्यमा हुने जुनसुकै उच्च ओहोदाका व्यक्तित्वहरु संग वहस गरि गैर आवासिय नेपाली संघको मूल्य, मान्यता र गरिमालाई उच्चपार्ने काममा हिम्मतका साथ अमेरिकाको प्रतिनिधित्व गर्नसक्ने आत्मविश्वास भएकोले।

म आफैपनि क़ानूनी फिल्डबाट आउनुका साथै २००९ देखि अहिलेसम्म लगातार गैर आवासिय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषदको विधान समितीमा रहेर कार्य गरिरहेकोले गैर आवासिय नेपाली संघका विधान, ऐन तथा प्रायजसो सबै नियामावलीहरु को पुर्ण ज्ञान भएकोले।

गैर आवासिय नेपाली संघ राष्ट्रीय समन्वय परिषदमा मिडिया कोअर्डिनेटर तथा बोर्ड मेम्बर हुनुका साथै अन्तरराष्ट्रिय समन्वय परिषद उत्तर-अमेरिकाको सह संयोजक र केहिमहिना कार्यकारी संयोजक समेत रहि दुवै कार्यसमितीमा कामगरेको अनुभव भएकोले गैर आवासिय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषद तथा राष्ट्रिय समन्वय परिषद बिच सौहार्दता कायाम गराउन सक्ने क्ष्यमता/दक्ष्य भएकोले ।

यि माथि उल्लेखित कारणहरु लगायत अरु कैयौं आधारहरु भएकोले मैले गैर आवासिय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषद उत्तर-अमेरिकाको संयोजक पदमा उम्मेव्दारी दिएको हुँ। यहाँहरू सवैको सप्रेम मतले काम गर्ने अवसर दिनुहुनेछ भन्ने कुरामा म ढुक्क छु । म अमेरिका महादेशको संयोजकको काम र कर्तव्यमा नचुकीकन गैर आवासिय नेपाली संघको उद्देश्य प्राप्तिका लागि सवै प्रकारले समर्पित भएको निवेदन गर्दै सहयोगका लागि हार्दिक अनुरोध गर्दछु।

रामचन्द्र खरेल
उम्मेद्वार – उत्तर अमेरिका क्षेत्रिय संयोजक
गैर आवसिय नेपाली संघ अन्तरराष्ट्रिय समन्बय परिषध (NRNA ICC)
फोन: 9841703944
9813413222 (Nepal)
1-703-926-9530 (USA)
[email protected]

प्रतिक्रिया