प्रहरी दिवसमा हाजिरीजवाफ प्रतियोगिता

इनेप्लिज २०७२ असोज १६ गते ४:२९ मा प्रकाशित

पाँचथर, १६ असोज । जिल्ला प्रहरी कार्यालय पाँचथरले ६०औँ प्रहरी दिवसको अवसर आयोजना गरेको अन्तर विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगितामा नयाँ नमुना मावि प्रथम भएको छ ।

प्रतियोगितामा मेची इङ्लिस बोर्डिङ स्कुल द्धितीय र विद्या बरदान बोर्डिङ इङ्लिस बोर्डिङ स्कुल तृतीय भएका छन् ।

विजेता विद्यालयका विद्यार्थीलाई असोज ३० गते प्रहरी दिवसको अवसरमा पुरस्कार वितरण गरिने प्रहरी नायब उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिनुभयो ।

प्रतिक्रिया