अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज सर्बोत्कृष्ट पुस्तक पुरस्कार २०१५ घोषणा

इनेप्लिज २०७२ असोज १६ गते ०:१५ मा प्रकाशित

INLS-logo

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ( अनेसास )ले हरेक दुई दुई बर्ष मा प्रदान गर्दै आइ रहेको अनेसास सर्बोत्कृष्ट पुस्तक २०१५ को नतिजाको घोषणा गरिएको छ l अनेसासद्वारा घोषणा भएका सम्पूर्ण पुरस्कारहरु स्व.लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीका अबसरमा नोवेम्बर २१, २०१५ मा वाशिंगटन डिसीमा प्रदान गरिने भएको छ l

पूर्वघोषित मिति भन्दा एक महिना थप गरि नेपाल भित्र र डायस्पोरामा गरि ६७ पुस्तकहरु प्राप्त भएको जानकारी अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज पुरस्कार समिति कि अध्यक्ष सीता पाण्डेले छापा बिज्ञप्तिमा जानकारी गराएकी छिन् l नेपाली भाषा तथा साहित्यका बरिष्ठ ६ जना निर्णायकहरुले दुई तहमा मूल्यांकन गरि नतिजा निकालिएको जानकारी दिइएको छ l

सम्पूर्ण पुरस्कार बिजेताहरुलाई बधाई दिदै पुरस्कार ग्रहण गर्न उपस्थितिको लागि समेत आब्हान उक्त छापा बिज्ञप्तिमा उल्लेख छ l पुरस्कार समिति कि अध्यक्ष सीता पाण्डेले अनेसासको तर्फ बाट पुरस्कारका लागि पुस्तक पठाउने सम्पूर्ण लेखक, कवि तथा स्रष्टाज्यूहरुलाई पनि धन्यबाद दिदै पुरस्कार रकम प्रदान गर्नु हुने प्रायोजकहरुको नेपाली भाषा तथा साहित्यको विकासमा योगदानको मुक्त कण्ठले प्रशंसा गरेकी छिन् l

नेपाली भाषा हाम्रो पहिचान तथा हाम्रो गौरब भन्दै नेपालभित्र र बाहिर चिनाउने मूलत : पहिलो कुरा नै नेपाली भाषा हो भन्दै पुरस्कार समिति कि अध्यक्ष सीता पाण्डेले यस अबसरमा नेपालभित्र र नेपाल बाहिरका सम्पूर्ण साहित्यकारहरु ,नेपाली दाजुभाइ, दिदिबहिनीहरु एबम नेपाल र नेपालीहरूलाई माया गर्ने सबैलाई कार्यक्रममा सहभागिताका लागि अनेसासको तर्फबाट अनुरोध गरेकी छिन् l

उक्त पुरस्कार प्राप्त गर्नु हुनेहरुमा क्रमस :

.अन्तर्राष्ट्रिय नेपाली साहित्य सर्बोत्कृष्ट पुस्तक पुरस्कार२०१५ नमेटिएका चित्रहरु ( यात्रा संस्मरण } – दामोदर पुडासैनी ” किशोर, नेपाल l नेपाल अन्तर्राष्ट्रिय नेपाली साहित्य सर्बोत्कृष्ट पुस्तक पुरस्कार , युयस डलर १,५००. ०० (एक हजार पांच सय )नगद , थप १०० डलर बराबरको आजिबन सदस्यता तथा र सम्मान पत्र प्रदान गरिने छ l साथै अनेसास द्वारा अंग्रेजी भाषामा अनुबाद तथा बिक्रि वितरणको पनि व्यवस्था गरीने छ l ( पहिलो पटक अनुबादको ब्यबस्था भएको )

२. डायस्पोरा ( दर्शन ) प्रधान कृतिका लागि अनेसास / डा. श्याम तथा इन्दिरा कार्की सर्बोत्कृष्ट डायस्पोरिक पुस्तक पुरस्कार – भयवाद – देश सुब्बा, हंगकंग

३.डायस्पोरिक नारी हस्ताक्षरका लागि अनेसास / सीता शर्मा सर्बोत्कृष्ट पुस्तक पुरस्कार – अर्की आइमाई ( उपन्यास ) – नीलम कार्की ‘ निहारिका”

४.नारी हस्ताक्षरका लागि अनेसास / डिल्ली राम तिमसिना स्मृति सर्बोत्कृष्ट पुस्तक पुरस्कार – गोल्डेन गेट – (उपन्यास ) – सृजना शर्मा, नेपाल

५.डायस्पोरिक नब प्रतिभाका लागि अनेसास / डिल्ली राम तिमसिना स्मृति सर्बोत्कृष्ट पुस्तक पुरस्कार – मेरो भागमा परेको प्रित (कविता संग्रह ) – मणि बांग्देल , अमेरिका तथा जीबन बाचेकै छ (यात्रा संस्मरण)- सरू सुबेदी , नेपाल

६.मेची अञ्चलका लागि अनेसास / सीता पाण्डे सर्बोत्कृष्ट पुस्तक पुरस्कार ,इन्द्रेनीका रंगहरु ( कविता संग्रह )- नारायण अधिकारी

७.कोशी अञ्चलका लागि अनेसास / चेतनाथ घिमिरे सर्बोत्कृष्ट पुस्तक पुरस्कार – आवाजका जुलुस र नया विश्व ,मोहन सिटौल

८. बागमती अञ्चलका लागि अनेसास / लक्ष्मण सत्याल सर्बोत्कृष्ट पुस्तक पुरस्कार ,कर्णालीको कुनादेखि मान सरॊबर सम्म ( यात्रा सस्मरण ) – विजयध्वज थापा

९. नारायणी अञ्चलका लागि अनेसास/ गोबिन्द गिरी ” प्रेरणा” सर्बोत्कृष्ट पुस्तक पुरस्कार – अन्धसत्ता ,अमर त्यागि

१०. धवलागिरी अञ्चलका लागि अनेसास / रोहिणी शर्मा सर्बोत्कृष्ट पुस्तक पुरस्कार -म्याग्दी श्रष्टा र श्रीष्टि – राम प्रसाद सुबेदी

११. सर्बोत्कृष्ट लुम्बिनी अञ्चल का पुस्तक का लागि अनेसास / टंक खरेल सर्बोत्कृष्ट पुरस्कार – अमेरिका(उपन्यास ) गंगा लिगल

१२. गण्डकी अञ्चलका लागि अनेसास / गगनसिंह बिश्वकर्मा स्मृति सर्बोत्कृष्ट पुस्तक पुरस्कार – नेपाल लोकगीत ,डा. कुसुमाकर न्यौपाने

१३.सर्बोत्कृष्ट विचार प्रधान पुस्तक का लागि अनेसास / अमूर्त पुरस्कार ,अघि बढौ ,अनिल चित्रकार, अमेरिका

१४. नेपाली गजलका लागि अनेसास / गीता खत्री सर्बोत्कृष्ट गजल पुस्तक पुरस्कार – मुर्चुङ्गाको शहर सरू काली, अमेरिका

१५.बाल साहित्य पुस्तक का लागि अनेसास /लोकनाथ तिवारी सर्बोत्कृष्ट बाल साहित्य पुरस्कार ,नानी र सुगा – ललिता दोषी , नेपाल

१६.छन्दोबध्य काब्यका लागि अनेसास / शिब लामिछाने सर्बोत्कृष्ट पुस्तक पुरस्कार ,आत्म निर्णय- राजेन्द्र सुबेदी, नेपाल

१७.अनेसास / रबिना फाउन्डेसन – सुम्निमा पुरस्कार , स्पन्दंनका रागहरु ( कविता संग्रह) – दीपा राई, अमेरिका

१८.नेपाली भाषामा अनुबाद (अन्य भाषा बाट ) अनेसास / एनएससीइ सर्बोत्कृष्ट अनुबादक पुरस्कार बिजेता द्वय सि. पी. अर्याल / सुन्दर खनाल – नेपाल ( जोन उडको पुस्तक ” साक्षरसंसारतिर” )

१९. डायास्पोरिक कविताका लागि अनेसास /ज्ञानेन्द्र गदाल सर्बोत्कृष्ट काब्य पुरस्कारग्रहण (कविता संग्रह ) – सानु घिमिरे , अस्ट्रेलिया

२०.अनुसन्धनात्मक कृति का लागि , अनेसास सर्बोत्कृष्ट अनुसन्धनात्मक पुस्तक पुरस्कार –विश्व रंगमंचमा सडक नाटक – गोबिन्द सिंह रावत, क्यानडा

२१.नारायण – जयन्ता प्रसाई ,वेब जर्नालिज्म अवार्ड – खेम बहादुर भण्डारी -पुलेसो डट कम, नेपाल: प्रायोजक, कमला प्रसाई

२२.बिशेष सम्मान – मन्जुश्री थापा(नेपाल) माइकहट(बेलायत )जोन उड (अमेरिकन )युयुत्त्सु आर डि शर्मा(भारत ) तथा नेपाल र नेपालीलाई भाषा साहित्यको माध्यम बाट अन्तर्राष्ट्रिय जगतमा चिनाउने तथा गौरन्बित गराउनमा बिशेष योगदान दिए बापत अनेसास बिशेष सम्मान प्रदान गरीने भएको छ l

प्रतिक्रिया