एनआरएन मिचिगन च्याप्टरले दशैको अवसरमा शुभकामना साँझ आयोजना

इनेप्लिज २०७२ असोज १३ गते २३:३२ मा प्रकाशित

nrn२९ सेप्टेम्बर, २०१५

गैरआवासीय नेपाली संघ (एनआरएन) मिचिगन च्याप्टरले विजया दशमीको अवसरमा विशेष कार्यक्रम आयोजना गर्ने भएको छ । अस्टोबर १७ तारिखमा आयोजना हुने सो विशेष शुभकामना साँझ कार्यक्रममा बरिष्ठ लोक दोहोरी गायक गायिकाद्वय बिमल डाँगी र सरिता डाँगी का साथै स्थानीय कलाकारहरुको समेत विशेष सांगीतिक प्रस्तुती रहने छ ।

सो कार्यक्रम नेपाली कला र साहित्य र संगीतको समिश्रण समेत भएाकेले सो कार्यक्रममा सहभागी भै कार्यक्रमलाई भव्य रुपमा सफल बनाउनका लागि सबैलाई उपस्थित भै दिन आयोजक मध्येका रामकृष्ण भट्टले सबैलाई आग्रह गर्नुभएको छ । त्यस अवसरमा सुमधुर गीत संगीतका साथै अन्य विभिन्न कार्यक्रम हरुको समेत मज्जा लिन सकिने बताइएको छ । कार्यक्रममा सहभागी हुनका लागि प्रवेश शुल्क ३० अमेरिकी डलर रहेको छ भने कक्षा ८ देखि १२ सम्मका बिधार्थीहरुलाई १५ अमेरिकी डलर र सो भन्दा
मुनिका बालबालिकाहरुलाई निःशुल्क प्रवेश गर्ने व्यवस्था मिलाइएको छ । साथै निःशुल्क डिनरको पनि व्यवस्था गरीएको छ । कार्यक्रमको बारेमा विस्तृत विवरण यसप्रकार रहेको छ ।

कार्यक्रम मिति :- October 17 , 2015 Saturday
समय :- साँझ ठीक ६:०० बजेदेखि १२:०० बजेसम्म
स्थान :- 49045 W Pontaic Trail ,Wixom MI 48393
सम्पर्क व्यक्ति :- छबी लामिछने: १-२४८-६३०-५९५८
अशोक कार्की :- १-२४८-७९७-६६६६

NRM Michigan Chapter
बिपिन श्रेष्ठ :१-२४८-९७७-०४१४
पुन्य ब पराजुली :१-२४८-८२१-०६६३
सरोज पराजुली :१-३०१-५२९-८३४२
छबी लामिछने: १-२४८-६३०-५९५८
अम्बिका घिमिरे:१-२४८-८५४-८४५६
गणेश भण्डारी :१-२४८-५२५-०८४०
भुपेन्द्र ढकाल :१-८१०-९८६-६०५५
अशोक कार्की: १-२४८-७९७-६६६६
हरी पाण्डे :१-२४८-८८४-६४०४
सुबर्णा श्रेष्ठ:१-३१३-४००-६२१७
राम कृष्ण भट्ट : १-२४८-८०८-१०४४

प्रतिक्रिया