विराटनगरमा बन्द भएका पसल प्रहरीले खुलायो
पथरी (मोरङ), १२ असोज । बन्दकर्ताको दबाबपछि बन्द भएका केही विराटनगरका पसल आज मोरङ प्रहरीले खुलाएको छ ।
मोरङ प्रहरी उपरीक्षक तारिणीप्रसाद लम्सालका अनुसार विराटनगरमा बजार, पसल बन्द गराउँदै हिँडेका बन्दकर्तालाई प्रहरीले पक्राउको तयारी गरेपछि बन्द गराउन छाडेर भागेका कारण आन्दोलनकारीले बन्द गराएका पसल प्रहरीले खुलाएको हो ।
संयुक्त मधेसी मोर्चाको नाममा बन्द गराउँदै आएका १०/१२ जनाको एक समूहलाई प्रहरीले पक्राउ गर्न खोजेपछि बन्दकर्ता मोटरसाइकलमा चढेर भागेको प्रहरी उपरीक्षक लम्सालले बताउनुभयो । बन्दकर्ताको नाममा विभिन्न ठाउँमा बन्द गराउँदै हिँड्ने र धम्की दिनेहरुलाई तत्काल पक्राउ गरेर कारबाही अघि बढाइने एसपी लम्सालले बताउनुभयो ।
सीमाङ्कनप्रति असन्तुष्टि जनाउँदै संयुक्त मधेसी मोर्चाले आह्वान गरेको विगत डेढ महिनादेखि विराटनगर बजार बन्द गराउँदै आएको छ । प्रहरीको सहयोगमा यस्तै एक दुई पसल खोल्ने गरिएको छ ।
फिप्नाको स्थानीय विभागको आयोजनामा अन्तरक्रियात्मक प्रशिक्षण सम्पन्न
कोभिड-१९ बिरुद्ध खोप तथा ताजा जानकारी सम्बन्धि अन्तरक्रिया कार्यक्रम हुने
जर्जियाका एक किशोरले आफू काम गर्ने बिशाल बजार पसलबाट करिव १० लाख डलर चोरी गरेको आरोपमा पक्राउ
अमेरिका र मेक्सिको सीमामा १९ जनालाई गोली हानी जलाईएका शव फेला
मेरिल्याण्डमा १७ बर्षिय किशोरलाई राजमार्गमै गोली हानी हत्या
प्रतिक्रिया