एनडब्लुजिएनले नया सँबिधानको खुसियालीमा शुभकामना सहित दिपावली मनायो

इनेप्लिज २०७२ असोज ११ गते २३:५९ मा प्रकाशित

rukmani 2नेपाली जनताको ६५ बर्ष देखि आफ्नो सँविधान आफै बनाउने बहुप्रतिक्षित सपना पुरा भएको दिन २०७२ असोज ३ गते आइतबार तदअनुरुप सेप्टेम्बर २० तारिख २०१५ का दिन नेपाली वुमेन ग्लोबल नेटओर्क (बिश्ब महिला सँजाल)का ग्रेटर बोष्टन स्थित अमेरिकाको मासाचुसेटस राज्यको एभरेष्ट शहर स्थित शान्ति जोशीको घरमा महिलाहरु भेला भै “ नया सबिधान २०७२ “ लाई हार्दिक स्वागत गर्दै एक युगमा एक पटक आएको दिनले ल्याएको खुसी साटासाट गर्दै एक आपसमा शुभकामना सहित शुभ – दिपावली कार्यक्रम भव्यताको साथ सम्पन्न गरिएको छ l

उक्त भेलामा अझै पनि महिलाको हक अधिकारको पक्षमा अपेक्षाकृत सँबिधान बन्न नसकेको हुनाले एनडब्लुजीएनले गुनासो पोखेको छ । यद्धपि, पछिल्लो समयमा नेपाली राजनितिमा देखापरेको शक्ति सन्तुलनको बिषम परिस्थिति र बिभिन्न आरोह अवरोह र अवरोधका बाबजुद लोकतान्त्रिक बिधिबाट बिकेन्द्रिकृत प्रादेशिक ब्यबस्था सहितको नेपालको गणतन्त्रात्मक सँबिधान आउन सक्नुलाई ठुलो उपलब्धि मान्नुपर्छ भन्ने संस्थाले ठम्याएको छ भनि संस्था द्वारा जारी गरिएको छापा बिज्ञप्तिमा जनाएको छ l

rukmani 1अब नेपालमा राम्रो कानुनी राज्यको सँस्थागत बिकास हुदै जानुपर्छ, सँविधानत देश बिदेशमा रहेका सम्पुर्ण नेपालीले शान्ति सुरक्षा सँरक्षण र अमन चैन को बाताबरण महसुस गर्न पाउनु पर्छ l सबै तह तप्काका नेपालीहरुले आफ्नो हक अधिकार सुनिस्चित भएको महसुस गर्न पाउनु पर्चा तब हाम्रो सँबिधान राम्रो सँबिधान हुन सक्नेछ भनि छापा बिज्ञप्तिमा उल्लेख गरिएको छ l

यसको लागी सम्बन्धित सबैले सोच्नुपर्छ भन्दै एन डब्लु जि एन ले पनि नेपाली महिलाहरुको पक्षमा राम्रोसँग काम गर्न पाउने छ भन्ने अपेक्षा राखेको जनाईएको छ l नेपालमा नया सँबिधान आएपछि देश बिदेशमा छरिएर रहेका नेपाली महिला दिदी बहिनीहरुपनि थप ऊत्साहित र एकजुट हुन सकौ आपसी एकता, हक हितको अतिरिक्त नेपाल र नेपालीको पक्षमा केहि ठोस काम गर्न उत्प्रेस्रित हुन सकौ भन्दै यसैको लागी सँकल्पकृत हुन बिश्वभर छरिएर रहेका सबै महिला दिदीबहिनिलाई संस्थाको तर्फ बाट आह्वान गर्न चाहेको उल्लेख गरिएको छ

संबिधान जारी भएको पावन अवसरमा खुसी व्यक्त गर्दै सँबिधान जारी भएकै दिन बोष्टनमा जम्मा भै दिपावलीमा सहभागि सबै दिदीबहिनी हरुमा हार्दिक धन्यबाद ज्ञापन गरेको छ l

नयाँ संविधान आएको सन्दर्भमा बिस्तारै रोइरहेकी नेपाल आमा हास्न थाल्नेछन , दुखि भएका सबै नेपाली खुसी हुदै जानेछन, पछि परेको नेपाल बिकास निर्माण सगै अगाडी बढनेछ भन्दै सबै नेपाली र एन डब्लु जि एन लाई माया गर्ने बिश्वबर छरिएर रहेका सबै दाजु भाई तथा दिदि बहिनीहरुमा हार्दिक बधाई एवँ शुभकामना ब्यक्त बिश्व महिला सँजाल ( NWGN) परिवारको तर्फ बाट अध्यक्ष रुक्मणि कार्कीले गरेकी छिन् l

प्रतिक्रिया