जे जे नाप्नु छ नाप लौ !

इनेप्लिज २०७२ असोज ११ गते १०:५१ मा प्रकाशित

unnamed41

बरिष्ट नेताज्यू ,

नमस्कार !
लाखौ लाख जनार्दनको मन भित्र छ चाहना

बाबुराम तिमीलाई बधाई शुभकामना ! !

नेपालीहरुको चाड दशैं ठूलो सफल रहोस

कर्तब्य मनमा उब्जि सद्बुद्धि शिरमा बहोस !!

भन के के छ संकल्प फुल्न बाकि भए अरु

फक्रियुन ति सबै आज टिप्ने छन अरुले बरु !!

आफुले नै फलाएको कर्कलो पातमा बसी

पानीको टल्कने थोपा जस्तै आसनमा फसी !!

खुँडा ,बारुद तरबार हिंसामा जति चम्किए

प्रायास्चित्त गरि पैले पखालिमात्र लम्किए !!

हिजोसम्म अगुल्टोले परैबाट धसी धसी

पकाए थ्यौ जति देश पाक आफै चुलो पसी !!

अब फूट र शत्रुको पंक्त्तिमा रथ हाकनु
मारेका सब ति आत्मा ब्युझाई शान्ति डाकनु !!

शुरुमै नब दुर्गाको प्रसाद शिर थाप लौ

फर्कने छैन यो मौका जे जे नाप्नु छ नाप लौ !!

प्रतिक्रिया