अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, इटाली च्याप्टर गठन

इनेप्लिज २०७२ असोज १० गते ५:३० मा प्रकाशित

इटाली निवासी साहित्यकार राम भण्डारीको अध्यक्षतामा हालै अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, इटाल च्याप्टर गठन भएको छ । नवगठित च्याप्टरमा मुकुन्द थापा, नारायणप्रसाद खरेल, भबेश सिं, नारायणी पाण्डे बिभिन्न क्षेत्रबाट प्रतिनिधित्व गर्दै उपाध्यक्ष रहनु भएको छ भने रामहरी खकुरेल महासचिब र अमिर महर्जन सचिव रहनु भएको छ । यसैगरी च्याप्टरको कोषाध्यक्षमा शकुन्तला थापा र सदस्यहरुमा डोली आचार्य, महेन्दु वाईबा, प्रकाश मजर्जन, पूर्ण कार्की र ठाकुरप्रसाद ढकाल रहनु भएको छ ।

इटालीमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको च्याप्टर गठनले त्यस क्षेत्रमा नेपाली भाषा तथा साहित्यको बिकासमा अरु थप योगदान पुग्ने बिश्वास लिईएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष पदम विश्वकर्माले इटालीमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको च्याप्टरका सम्पूर्ण पदाधिकारीहरुलाई बधाई ज्ञापन गर्दै अनेसास इटाली च्याप्टरलाई शुभकामना व्यक्त गर्नुभएको छ । उक्त च्याप्टरको गठनले इटालीमा नेपाली भाषा तथा साहित्यको विकासमा थप पहल हुने विश्वास लिईएको छ

प्रतिक्रिया