‘प्रेमको तस्बिर’मा देशभक्ति

इनेप्लिज २०७२ असोज १० गते ४:२४ मा प्रकाशित

काठमाडौँ, १० असोज । चन्द्रा चाम्लिङको ‘प्रेमको तस्बिर’ नामक गजलसङ्ग्रह बजारमा आएको छ ।

कृतिमा अधिकांश देशभक्तिको भाव प्रकट गरिएका गजल छन् । त्यस्तै संसारका नारीलाई एकीकृत गरी समाजमा रहेका रुढिवादी चिन्तनलाई परिवर्तन गरी सामाजिक रुपान्तरण गर्नका लागि सन्देश दिइएको छ ।
प्रेम पर्दाको अवस्थादेखि बिछोड हुँदासम्मको अवस्थालाई चित्रण गरिएका उनका गजलमा मानिसको जीवनमा आउने बाध्यता र परिस्थितिलाई धैर्य र साहसबाट समाधान खोज्न प्रेरणा दिइएको छ । ईश्वरलाई सर्वव्यापी मान्ने तथा पुज्नेप्रति असहमति जनाइएका केही गजल समेत कृतिमा छन् ।
साहित्यकार डा कृष्णहरि बरालले चाम्लिङका गजलमा काफिया तथा रदिफको पालना राम्रोसँग भएको बताउँदै आगामी दिनमा लेखनमा परिमार्जन गर्न सुझाव दिनुभएको छ ।

प्रतिक्रिया