जाजरकोट, ९ असोज । रेबिज लागेका व्यक्तिलाई धामीझाँक्रीद्वारा झारझुक गराउँदा जाजरकोटमा एक जनाको मृत्यु भएको छ ।
जिल्लाको ढिमे गाविस–५ खुर्पाका २३ वर्षीय कर्णबहादुर वादीको आज बिहान ४ बजे जिल्ला अस्पतालमा मृत्यु भएको हो ।
साउन महिनामा बहुलाएको कुकुरले वादीलाई टोकेको थियो । कुकुरले टोकेपछि रेबिजविरुद्धको सुई लगाउन छाडेर घरेलु जडीबुटी र धामीझाँक्रीलाई देखाएर झारफुक गर्दा उनको मृत्यु भएको जिल्ला अस्पतालका चिकित्सक बोम विसीले जानकारी दिनुभयो । उनलाई शुक्रबार मात्र अस्पतालमा ल्याइएको थियो ।
प्रतिक्रिया