एनआरएनए सचिव पदका उम्मेदवार अर्जुनकुमार श्रेष्ठको पकड मजबुत बन्दै

इनेप्लिज २०७२ असोज ८ गते २१:४८ मा प्रकाशित

unnamed

एनआरएनएको सचिव पदमा उम्मेद्वार घोषणा गरेका अर्जुनकुमार श्रेष्ठले युरोप क्षेत्रको संयोजकमा रही अनुभवहरु बटुलेको बताउदै अझ थप जिम्मेवारी लिने महशुस गरि केन्द्रिय सचिव पदमा उम्मेद्वारी घोषणा गरेको बताए। संघको गहन अनुभवका कारण, यस अभियानको चुनौति र अवसरहरुलाई निकटबाट बुझेको बताउँदै श्रेष्ठले चुनौति र अवसरहरुको ब्यवस्थापनमा सक्रिय रहने, संघका उद्देश्यहरुको प्राप्तिमा सहयोग गर्ने उदेश्यका साथ आगामी कार्यकालका लागि केन्द्रिय सचिव पदमा उम्मेदवारी दिएको जनाएका छन्। एनआरएनए सबै नेपालीको साझा संगठन हो भन्ने कुरामा विश्वस्त रहेका अर्जुनकुमार श्रेष्ठको केन्द्रिय सचिव पदमा पकड राम्रो हुदै गएको देखिएको छ।

युरोपका अधिकांश देशहरूमा स्वयं सहभागी भई एनआरएन अभियानलाई सबल र सुदृढ बनाउन समाहित भएका श्रेष्ठले गैरआवासीय नेपाली संघले केवल स्थापनामा मात्र सिमित नभई नेपाली एकताको सन्देशहरु बिदेशमा बसोबास गर्दै आएका नेपाली बीच फैलाउनुका साथै सबै नेपालीहरुको साझा संगठनको रुपमा काम गरिरहेको छ भन्ने धारणा ब्यक्त गरेका छन।

संस्थालाई अगाडि बढाउने धेरै योजनाहरू बनाएको छु र बिगतका योजनाहरूलाई सफलता गर्न अझै निकै काम गर्न बाँकी छ, त्यसको लागि हामी अझ सक्रिय भएर जुट्नुपर्ने भएको छ भन्ने श्री श्रेष्ठको भनाई छ ।

नेपाली एकताको सन्देश बिदेशमा नेपाली बीच फैलाउनु हाम्रो उद्देश्य हो – अर्जुनकुमार श्रेष्ठ

आगामी अक्टोबर महिनामा हुन लागेको गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको सम्मेलन नजिकिदै जाँदा बेल्जियम निवासी अर्जुनकुमार श्रेष्ठको उम्मेदवारी घोषणालाई युरोपबाट मात्र नभई संसारभर छरिएका नेपालीहरूले हार्दिक स्वागत गरेका छन। गैर आवासीय नेपाली संघमा लामो समयदेखि आवद्ध रहेका श्रेष्ठले संस्थागत कार्यमा निकै लामो अनुभव रहेका छन। नेपाल ब्यबसायिक संघ बेल्जियमको अध्यक्षको रुपमा कार्य सम्पन्न गरिसकेका र विगतमा लगातार दुई पदावधिसम्म एनआरएनए बेल्जियमको आइसीसी सदस्यको पदमा रहेर धेरै गहकिला कामहरुको सफलता प्राप्त गरिसकेका छन्।

अहिले एनआरएन युरोप क्षेत्रीय संयोजकको रुपमा कार्यरत रहेका श्रेष्ठलाई उनको कार्य कौशलता र सबैसंग उनले देखाएको सहयोगी भावनाकै कारण गत केन्द्रिय अधिवेशन ताकानै केन्द्रिय भूमिकामा आउनुपर्ने ठूलो दवाव आएको थियो। तर त्यसबेला केन्द्रिय तहमा भन्दा क्षेत्रीय तहमै रहेर काम गर्ने सोच बनाएका उनले युरोप क्षेत्रीय संयोजक पदमा उम्मेदवारी दिएका थिए र बिजयी पनि भए।

कर्मभूमि बेल्जियममा रहेर पनि युरोप र अन्य महादेशहरुमा समेत पुगेर त्यहाको जनजीवनसंग सामिप्यता राख्दै सेवा सेवारत श्रेष्ठको उम्मेदवारीलाई युरोपमा मात्र नभई संसारभर नै नेपालीहरूले हार्दिक स्वागत गरेका छन्।

अर्जुनकुमार श्रेष्ठको भनाई छ :

गैर-आवासिय नेपाली अभियानको माध्यमले हामी गैर-आवासिय नेपालीहरुले राष्ट्रिय एवं अर्न्तराष्ट्रिय स्तरमा हाम्रो एक विशेष परिचय र छवि निर्माण गर्न सफल भएका छौं। एनआरएन अभियान नेपाल र प्रवासी नेपालीहरुका चासोका विषयहरुमा लड्ने एक अभियान बनेको छ। यसमा हामी गर्व गर्दछौं।

गैर-आवासिय नेपाली संघ स्थापनाकालमा केही देशका मात्र प्रतिनिधिहरु संलग्न रहेको अवस्थाबाट द्रुतगतिमा संगठन विस्तार भई अहिले ७१ भन्दा बढी राष्ट्रहरुमा राष्ट्रिय समन्वय परिषदहरु स्थापना भई सकेका छन्। यसले हामीलाई वास्तव मै एक अर्न्तराष्ट्रिय संस्था र एक प्रभावकारी अभियानको रुपमा स्थापित गरेको छ। त्यसैगरी ‘गैर-आवासिय नेपाली ऐन २०६४’ ले ‘गैर-आवासिय नेपाली’ लाई परिभाषित गरेको छ भने संघ आधिकारीक रुपमा नेपालमा दर्ता भएको छ। साथै, संघको आफ्नै कार्यालय भवन निर्माण हुने भएको छ भने एनआरएन अभियानका प्रमुख मागहरु मध्येको एक ‘नागरिताको निरन्तरता’ को माग एक हदसम्म सम्बोधन हुने स्थितिको पूर्वसन्ध्यामा हामी उभिएका छौं। संघको स्थापना कालदेखि हालसम्म नेपालको सामाजिक एवं राजनीतिक रुपान्तरणमा नेपाल र नेपालीहरुको सहयात्री, सहकर्मी र सहभागीका रुपमा उभिएको मैले पाएको छु। त्यसैगरी प्राकृतिक प्रकोपका जटिल अवस्थाहरुमा संघको सहयोगी भूमिका एनआर एन अभियान कै स्थापित कार्यनीति भएको मैले बुझेको छु।

हामी गैर-आवासिय नेपालीहरुले राष्ट्रिय एवं अर्न्तराष्ट्रिय स्तरमा हाम्रो एक विशेष परिचय र छवि निर्माण गर्न सफल भएका छौं

अर्जुनकुमार श्रेष्ठ

गैर-आवासिय नेपाली संघका अहिलेसम्मका सफलताहरुबाट सन्तुष्ट बनेर बस्न नहुने मेरो विचार छ। हासिल भएका सफलताहरुलाई हरेक सदस्यसम्म पु‍र्‍याउनु पर्ने आवश्यकता छ। यदि हामीले एनआरएन अभियानका लक्ष्य र उद्देश्यहरु साथै यसका उपलब्धिहरुलाई प्रत्येक प्रवासीसम्म पु‍र्‍याउन सक्यौं भने संघको सदस्यता संख्यामा ठूलो बृद्धि हुनेछ। त्यसैगरी देशको गतिशिल सामाजिक एवं राजनीतिक अवस्था, संघको बृहद् अर्न्तराष्ट्रिय संजाललाई संस्थागत एवं प्रभावकारी बनाउने आवश्यकता र महाभूकम्प २०१५ बाट प्रभावित क्षेत्रको पुर्ननिर्माण र पुर्नस्थापनाको टड्कारो खाँचो संघको आगामी कार्यकालको लागि चुनौति हुन्। ति चुनौतिहरुलाई समाधान गरी संस्थालाई सबल, समावेशी र प्रभावकारी बनाउने अवसर हाम्रो सामु छ। गैर-आवासिय नेपाली संघमा सन् २००९ देखि २०१३ सम्म बेल्जियमबाट दुई पटक सम्म आईसीसी सदस्यको रुपमा रही मैले एन.आर.एन. अभियानमा आफूलाई समाहित गर्ने मौका पाएँ। यही क्रममा हाल म युरोपको क्षेत्रिय संयोजकका रुपमा मन, वचन र कर्मले सक्रियतापूर्वक कार्यरत छु।

बितेका दुई वर्षमा युरोप क्षेत्रिय संयोजकको मेरो कार्यकालमा महत्त्वपूर्ण र वजनदार कामहरू गरिएको निवेदन गर्न चाहन्छु­।

१, युरोपमा राष्ट्रिय समिति गठन भएका २७ मध्ये अधिकांश देशहरूमा म स्वयं सहभागी भई एनआरएन अभियानलाई सबल र सुदृढ बनाउन समाहित भएको छु ।

२, एनआरएन सँघका विभिन्न इकाईहरूमा प्रभावकारी पुल र समन्वयकर्ताको रूपमा अग्रसर रहँदै आएको छु ।

३, भूकम्पपीडितको उद्धार कार्यमा प्रत्यक्ष रूपमा संलग्न रही राहत कोषमा रकम संकलनका लागि निरन्तर काम गर्दै आएको छु ।

४, नेपाली उत्पादनको बजार प्रबर्द्धनका लागि विभिन्न मेलाहरू आयोजना गर्ने काममा सरिक रहँदै आएको छु ।

५, नेपाली भाषा-साहित्य, कला-संस्कृति, कुटनीति र खेलकुदको विकास एवं विस्तारका निम्ति आन्तर्राष्ट्रिय स्तरका

कार्यक्रमहरू युरोपमा सम्पन्न भएका छन् । यी कार्यक्रमहरूमा सदैव अग्रणी भूमिका निर्वाह गर्न पाएकोमा गौरवान्वित महशुश गर्दछु ।

गैर-आवासिय नेपाली संघमा मेरो गहन अनुभवका कारण मैले यस अभियानको चुनौति र अवसरहरुलाई निकटबाट बुझेको छु। ति चुनौति र अवसरहरुको ब्यवस्थापनमा सक्रिय रहने र आगामी कार्यकालको कार्य-समितिलाई संघका उदेश्यहरुको प्राप्तिमा सहयोग गर्ने उदेश्यका साथ मैले आगामी कार्यकाल (२०१५-२०१७) का लागि केन्द्रिय सचिव पदमा मेरो उम्मेदवारी घोषणा गर्दछु। एनआरएन अभियानको गरिमालाई कायम राख्दै परिणाममुखि एवं प्रभावकारी काम गर्ने मेरो प्रतिवद्धतालाई सहयोग र समर्थन गर्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु ।

भवदीय,

अर्जुनकुमार श्रेष्ठ
क्षेत्रिय संयोजक, युरोप

प्रतिक्रिया