शैतानलाई ढुङ्गा हान्दा साउदीको मक्कामा ५ नेपालीसहित ७१७ जनाको मृत्यु (फोटो फिचरसहित)

इनेप्लिज २०७२ असोज ८ गते ९:२६ मा प्रकाशित

DSC01082साउदी अरब, ८ असौज । साउदी अरेबियाको मक्कामा हज गर्ने क्रममा बुधबार राति भागदौड मच्चिदा ५ नेपाली सहित ७ सय १७ तीर्थ यात्रुको मृत्यु भएको छ ।

घटनामा ८ सय ५ बढी घाईते भएका छन् । घाईते हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । भागदौडमा परि नेपालबाट हज गर्न आएका पर्साका जाकिर हुसेन, बाराका इजहर मियाँ र बाराकै सुलेमानि मियांर रफिक मियाको मृत्यु भएको साउदीका लागी कार्यबाहक राजदूत आनन्द प्रसाद शर्माले जानकारी दिनुभयो । ४ जना नेपाली तीर्थयात्रीको बिहीबार नै मृत्यु भएको र १ जना बाँकेका बरक तुल्लाको गएराती मृत्यु भएको कार्यबाहक राजदूत शर्माले बताउनुभयो ।

हज कमिटीका केन्द्रीय अध्यक्ष ताज मोहम्मद मियाँको नेतृत्वमा यो वर्ष नेपालबाट एक हजार भन्दा बढी नेपाली हज गर्न साउदीको मक्का आएको दूतावासले जनाएको छ । हजको दोस्रो दिन मक्का नजिकै रहेको मिना भन्ने स्थानमा शैतानलाई ढुङ्गा हान्ने धार्मिक कार्यमा अचानक भागदौड मच्चिदा सो दुर्घटना भएको थियो । अधिकारीहरुका अनुसार घटनामा परेकाहरुलाई उद्धारका गर्नका लागी ४ हजार बढी साउदी सुरक्षा सेना र स्वयंसेवकहरु खटिएका छन् । मृत्यु हुनेको संख्या धेरै भएका कारण सबै शबको यकिन भईनसकेको साउदी अधिकारीहरुले जनाएका छन् ।

बिश्वका मुस्लिम समुदायहरुको सबैभन्दा ठूलो पबित्र तिर्थ स्थलका रुपमा रहेको उक्त स्थानमा हज गर्न यसबर्ष २० लाख भन्दा बढी मुस्लिम समुदायहरु सहभागी भएका छन् ।

haj saudi death haj saudi death1 haj saudi

प्रतिक्रिया