पूर्व प्रहरी सङ्गठनलाई जग्गा उपलब्ध

इनेप्लिज २०७२ असोज ८ गते १:५३ मा प्रकाशित

Taplejung_district_locationताप्लेजुङ, ८ असोज । पूर्व प्रहरी सङ्गठन ताप्लेजुङलाई समन्वय कक्ष निर्माणका लागि जग्गा उपलब्ध गराएसँगै निर्माणका आवश्यक प्रक्रिया सुरु गरिएको छ ।

भवन नहुँदा समस्या झेल्दै आएको सङ्गठनलाई जिल्ला प्रहरी कार्यालयले आफ्नै कार्यालय परिसरमा एक कोठे भवन निर्माण गर्न जग्गा उपलब्ध गराएपछि बिहीबार बैठक बसी भवन निर्माण समिति गठन गरिएको छ । सङ्गठनका जिल्ला अध्यक्ष बलराम भारतीको संयोजकत्वमा पाँच सदस्यीय समितिको गठन गरिएको हो ।

करिब रु दुई लाख ५० हजारको लागतमा भवन निर्माण हुने समितिले जनाएको छ ।

प्रतिक्रिया