सिँचाइका लागि नहर बने भएपछि देवचुलीका बासिन्दा खुसी

इनेप्लिज २०७२ असोज ७ गते ४:१६ मा प्रकाशित

परासी, ७ असोज । सिँचाइका लागि नहर बने भएपछि नवलपरासीको देवचुलीका बासिन्दा खुसी भएका छन् । सिँचाइको अभावको खेतीयोग्य भूमिबाट आम्दानी लिन नसकेका यहाँ बासिन्दालाई नहर बने भएपछि खुसी भएका हुन् ।

देवचुली डाँडाको काखबाट बहने टोक्रे खोलाको पानीले यहाँको ६५० हेक्टर खेतीयोग्य जमिनलाई सिँचाइ गर्छ । विश्व बैंकको रु आठ करोड ६६ लाख ९३५ लागतमा नहर निर्माण भइरहेको जानकारी टोक्रे नहर निर्माण उपभोक्ता समितिका अध्यक्ष बालानन्द अर्यालले दिनुभयो ।

एक वर्ष अगाडिबाट निर्माण थालिएको नहरको काममा धान सिँचाइका लागि आवश्यक पर्ने पानीको अत्यधिक आवश्यकतालाई परिपूर्ति गर्न काम भएकाले अहिले काम रोकिएको छ भने अबको केही दिनमा यसलाई तीव्र गति दिने अध्यक्ष अर्यालले बताउनुभयो ।

देवचुली नगरपालिकाको ६ देखि ९ नम्बर वडालाई समेट्ने गरी निर्माण गरिएको यो नहरले यस क्षेत्रका एक हजार किसान लाभान्वित हुने भएका छन् । १४ वटा शाखाबाट पानी वितरण हुने प्रणाली नहरको रहेको छ । नहरले देवचुलीको झाक्रेस्वर, रामवास, मुढावास, आपटारी र विशालटारका खेतीयोग्य जमिनमा सिँचाइ गर्ने जनाएको छ ।

रु साढे चार करोड बराबरको काम भइसकेको छ अबको एक वर्षमा सबै काम सकिन्छ भन्नेमा आशावादी रहेको सहसचिव प्रेमराज अधिकारीले बताउनुभयो ।

प्रतिक्रिया