अवैध मदिरा नियन्त्रण गर्न अभियान सुरु

इनेप्लिज २०७२ असोज ७ गते १:५९ मा प्रकाशित

avaidh-madiraतुलसीपुर (दाङ), ७ असोज । प्रहरीले दाङका विभिन्न स्थानमा अवैध मदिरा नियन्त्रण गर्ने अभियानलाई तीव्र पारेको छ ।

सोही क्रममा इलाका प्रहरी कार्यालय तुलसीपुरले हिजो तुलसीपुर नगरपालिकाको बसपार्क क्षेत्र तथा विजौरी गाविस–१, ३, ८ र ९ मा पुगेर अभियानलाई तीव्र पारेको हो । सामाजिक विकृतिको अन्त्य गर्ने उद्देश्यका साथ विभिन्न सङ्घसंस्थाको सहभागितामा घरेलु हिंसा, जुवातास तथा मदिरा नियन्त्रण गर्न बुधबार समिति गठन गरिएको छ । अस्थायी प्रहरी चौकी बेलझुण्डीका इन्चार्ज कालीबहादुर मल्लको संयोजकत्वमा बसेको बैठकले स्थानीयवासी गिरिराज पाण्डेको अध्यक्षतामा नौ सदस्यीय समिति गठन गरेको हो ।

प्रहरीको एक्लो प्रयासले मात्र यस्ता अवाञ्छित गतिविधि नियन्त्रण गर्न नसकिने र यसमा नागरिकको साथ र सहयोगबाट मात्र गर्न सकिने भन्दै अभियानको सुरुवात गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख कृष्ण प्रसाईंले बताउनुभयो ।
समितिले मानपुर–८ र ९, बिजौरी–१ र ३ वडालाई मध्यनजर गर्दै मदिरा नियन्त्रण र घरेलु हिंसा अन्त्यका लागि कार्यक्रमको योजना तयार पारेको छ ।

प्रतिक्रिया