धरम के.सी.द्वारा सचिवमा उम्मेदवारी घोषणा

इनेप्लिज २०७२ असोज ६ गते २२:३९ मा प्रकाशित

Announcement of my Candidacy for ICC Secretary (1)

एनआरएनए एनसिसी साउदीका संस्थापक, पुर्ब अध्यक्ष (लगातार २ कार्यकाल), प्रमुख सल्लाहकार र बर्तमान आइसिसीका सल्लाहकार तथा आइसिसीकै बिधान संशोधन तथा नियमावली निर्माण समितिका सह संयोजक रहनुभएका धरम के.सी.ले गैर आवासीय नेपाली संघको सातौं अन्तराष्ट्रिय महाधिवेशनमा सचिव पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।

साउदी अरबको खोबरस्थित गल्फ दरबार रेष्टुरेण्टको सभाहलमा एनसिसी साउदीका अध्यक्ष नारायण पासवानको सभापतित्वमा एनसिसी सदस्य नारन वाग्लेले सञ्चालन गर्नुभएको एक कार्यक्रममा वहांले उक्त घोषणा गर्नुभएको हो । खाडीमा बिगत २३ बर्षदेखि रोजगाररत के.सी.ले यस संस्थाका माध्यमबाट प्रबासी नेपाली श्रमिकहरूका हक हित, न्याय र सुरक्षाका लागि निरन्तर आवाज बुलन्द गर्दै आउनुभएको छ । संस्थालार्इ कामदारमैत्री बन्न बनाउन, कामदारहरूका पक्षमा देखिने र अनुभूति गर्नेगरी काम गर्न दबाव दिदै यदा कदा संस्थाभित्रकै कमि कमजोरीप्रति पनि कलम चलाउने खरो स्वभावका के.सी. पछिल्लो समय सल्लाहकार मात्र रहेको अवस्थामा पनि लगातार ४० हप्तासम्म एमआरपी सहजिकरणमा स्वयमसेवक बन्दै नेपाली कामदारहरूलार्इ प्रत्यक्ष सघाएर समाज सेवाको ज्वलन्त उदाहरण पेश गर्नुभएको छ ।

वहांले आंफू बिजयी बनेमा बैदेशिक रोजगार, संस्थागत बिकास, लगानी, अधिकार र भुकम्प पछिको पुनर्निर्माणमा ठोस काम गरेर देखाउने प्रतिबद्धता जाहेर गर्नुभएको छ । वहांको घोषणापत्रको पुर्ण पाठ तल संलग्न छ ।

उक्त घोषणा कार्यक्रममा यस अघि नै मध्यपूर्ब संयोजकमा उम्मेदवारी दिने घोषणा गर्नुभएका कतारमा ब्यवसायरत आर के शर्माले पनि “धरम के.सी. यस संस्था र समाजको आवश्यक्ता हो, हामी मिलेर जानुपर्छ र अबको कार्यकालमा ठोस काम गरेर देखाउनुपर्छ” भन्दै सो का लागि धरम के.सी.लार्इ शुभकामना दिंदै आफ्ना लागि पनि समर्थन माग्नुभएको थियो ।
कार्यक्रममा सरिक भर्इ शुभकामना दिदै एनआरएनएका पुर्ब मध्यपूर्ब उप संयोजक राजु सैयद, पुर्ब आइसिसी महिला सदस्य यास्मिन बेगम, एनसिसी साउदीका अध्यक्ष नारायण पासवान, संस्थापक सदस्य बिरेन्द्र चौधरी, सस्थापक सदस्य तथा तमुधिं साउदीका अध्यक्ष ओम घले, लुम्बिनी प्रबासी मञ्चका टोप बहादुर कार्की, चार्टर्ड एकाउण्टेण्ट तथा एनसिसी साउदीका पुर्ब कोषाध्यक्ष राजेश बुढाथोकी, एनआरएनए क्षेत्रिय समिति जेद्धाका पुर्ब अध्यक्ष सन्तोष लुंइटेलले धरम के.सी. सचिवका लागि सुयोग्य र सक्षम रहेकाले वहांलार्इ निर्बिरोध बनाउनुपर्ने धारणा राख्दै सफलताको शुभकामना ब्यक्त गर्नुभएको थियो ।
सोही कार्यक्रममा बिदेशमा अन्याय, ठगी र शोषणमा पर्ने नेपाली महिला तथा पुरूष कामदारहरूको न्याय र हक अधिकार तथा क्षतिपूर्तिका लागि आंफू र आफ्नो जागिरलार्इ नै जोखिममा राखेर निरन्तर बहस पैरबी गर्दै, उद्धार कार्यमा मदत गर्दै, भ्रष्टाचार, कमिशनखोरी, अख्तियारको दुरूपयोग, सूचनाको हक तथा अनियमितताबारे समेत सम्बन्धित सरोकारवालाहरूलार्इ निरन्तर ध्यानाकर्षण र खबरदारी गर्दै गराउंदै आएकाले सो को कदरस्वरूप नेपाल मानव अधिकार तथा द्वन्द पीडित प्रतिष्ठानले प्रदान गरेको मानव अधिकार सम्मान (Human Rights Award) २०१३ ले सम्मान गरिएको थियो ।

धरम के.सी. सोलिडारिटी ट्रष्टको निर्णय बमोजिम कानून तथा संसदीय ब्यवस्था मन्त्री नरहरि आचार्यद्वारा सन २०१४ मा उत्कृष्ट एनआरएन (Best NRN) २०१४ को उपाधीले पनि सम्मानित ब्यक्तित्व हुनुहुन्छ । सन २०१३ मा यही उपाधी हाल एनआरएनए आइसिसीका अफ्रिका संयोजक रहनुभएका हिक्मत थापालार्इ प्रदान गरिएको थियो ।

———————————————————————

आइसिसी सचिवमा मेरो उम्मेदवारी

आदरनीय एनआरएन मित्र महानुभावहरू

यस संस्थाका श्रद्धेय अग्रजज्युहरू साथै बिभिन्न एनआरएनकर्मी मित्र महानुभावहरूसंगको सम्वाद, प्राप्त अनुरोध, सुझाव र सल्लाह बमोजिम मैले एनआरएनए आइसिसीको आगामी कार्यकाल २०१५-१७ का लागि ‘सचिव’ पदमा उम्मेदवारी दिने निधो गरेको छु । यस संस्थाप्रतिको मेरो निष्ठा, लगनशिलता र कार्य सम्पादनको उचित मुल्यांकन गरी मलार्इ यो नयां जिम्मेवारी सम्हाल्न, सचिव पदमा बिजयी बनाउन आवश्यक साथ, समर्थन, सहयोग र अभिप्रेरणा दिनुहुनका लागि सबिनय अनुरोध गर्दछु।
के के गरियो?
मैले यस अघि एनसिसी साउदी अरबको स्थापनाकाल २००७ देखि नै क्रमशः संस्थापक सल्लाहकार, महासचिव, लगातार २ कार्यकाल अध्यक्ष र त्यसपछि प्रमुख सल्लाहकारमा रही एनसिसी साउदीको स्थापना, बिकास, बिस्तार तथा सुदृढिकरण गर्दै प्रबासी नेपाली श्रमिक समुदायको सचेतक, सहजकर्ता, स्वयमसेवक, उद्धारकर्ता र सहयोगीको भूमिकामा निरन्तर आंफूलार्इ उभ्याउंदै आएको छु भने आइसिसीमा समेत २०११-१३ मा बैदेशिक रोजगार सूचना केन्द्रको संयोजक रही बिभिन्न एनआरएनकर्मी, मिडियाकर्मी, ब्यवसायी र सरकारी निकायका प्रतिनिधीहरू साथै केही बिज्ञहरूसंगको समन्वय, सहकार्य र सहयोगमा कामदारहरूले जान्नैपर्ने कुराहरू समावेश गरी एउटा हाते पुस्तकको लेखन तथा प्रकाशन गरी त्यसलार्इ नेपालका प्रत्येक गा.बि.स.हरू र नगरपालिकाहरूमा पुर्याउने काम भैसकेको छ भने २०१३-१५ मा आइसिसीकै सल्लाहकार रही संस्थालार्इ कामदारमैत्री, साझा र समावेशी बनाउन तथा बिशेषतः बैदेशिक रोजगाररत नेपाली कामदारहरूको हक हित, सुविधा, न्याय र सुरक्षातर्फ संस्थाको निरन्तर ध्यानकर्षण गर्दै गराउंदै आएको छु । यसै कार्यकालमा आइसिसीकै बिधान संशोधन सुझाव तथा नियमावली निर्माण समितिको सह संयोजकमा रही मलार्इ सुम्पिएको क्षेत्र (मध्यपूर्ब)मा सबै एनसिसीहरूको बिधान निर्माण तथा एकरूपता र सुधारका लागि सुझावहरू पेश गर्दै संस्थाको केन्द्रिय (आइसिसीको) बिधानलार्इ समेत थप परिस्कृत पार्न मदत गरेको छु । गत बर्ष २०१४ मा मलार्इ उत्कृष्ट एनआरएन (Best NRN) घोषित गरिएपछि मैले मेरा कामहरूको कदर तथा सम्मान भएको महशुस पनि गरेको हुं ।

बिद्यमान परिस्थिती

संस्थाले स्थापनाकाल देखि नै उठाउंदै आएको प्रमुख मुद्दा “नागरिकताको निरन्तरता” १२ बर्षपछि सम्बोधित भर्इ हाल जारी सम्विधानमा लिपिबद्ध भैसकेको छ, नेपाल आमाका शन्तानहरू अवसरको खोजिमा बिश्वका जुनकुनै कुनामा रहेता पनि स्वदेशलार्इ मांया गर्दै फर्किदा राष्ट्रले कुनै भेदभाव या पुर्बाग्रह नराखी नागरिकका सबै अधिकार दिनुपर्छ भन्ने मान्यता अझै राख्दछु । अबका दिनमा एनआरएनएको प्राथमिक मुद्दामा भने बैदेशिक रोजगार र यसैमा रहेका श्रमिक एनआरएनहरूका हक, हित, सुविधा, न्याय र सुरक्षा कसरी सुनिश्चित पार्न सकिन्छ भन्नेमै केन्द्रित हुनैपर्दछ । यसैले अब यो क्षेत्रलार्इ राम्ररी बुझेका, भुक्तभोगी तथा सुधार अभियानलार्इ सही दिशा निर्देश गर्नसक्ने ब्यक्तित्वहरू नै यस संस्थाका र समयका माग र आवश्यकता हुन, म आंफू तिनै भुक्तभोगीको श्रेणीमा रहेकाले पनि मैले लिन चाहेको पदिय जिम्मेवारी सकुशल पूरा गर्नसक्छु भन्ने आत्मबल पनि राखेकोछु ।

प्रतिबद्धताहरू
(क) बैदेशिक रोजगारः सही र सामयिक सचेतना, बैदेशिक रोजगार एनको संशोधन, अनुगमन, दण्डहिनताको अन्त्य, अब्यवहारिक निर्णय, नियम र प्रकृयामाथि पुनर्बिचार, एनआरएनएको सचिवालयमा कानूनविद श्रम सहचारी, बैदेशिक रोजगार निर्देशक समितिमा एनआरएनएको प्रतिनिधित्व, बिमा र क्षतिपूर्ति रकममा बृदधी, कामदार फर्केपछिको पेन्शन तथा सामाजिक सुरक्षा कोष, घरेलु महिला कामदारहरूलार्इ अरब मुलुकमा रोकी संगठित क्षेत्रमा मात्र पठाउने, पासपोर्ट र श्रम स्वीकृति छिटो छरितो र सहज पार्ने, दूतावासहरूको जनशक्ति, साधन स्रोत बढाउने, एनआरएन डेस्कलार्इ कार्यान्वयनमा ल्याउने, आपतकालिन सेवाका लागि हट लाइनको ब्यवस्था र दुर्इ देश बिचका श्रम सम्झौता र तिनको परिपालनामा जोड दिने, पहल गर्ने ।
(ख) संस्थागत बिकासः संस्थालार्इ साझा समावेशी, कामदार मैत्री, मितब्ययी पार्न बिभिन्न शुल्कहरूमा कटौति गर्ने, सेवामुलक कार्यक्रम चलाउने, छुटेका या बाहिर रहेकालार्इ भित्र ल्याउने, तडक भडक रोकी सादगी अपनाउने, सामुहिक र सहभागितामुलक नीति, निर्णय र नेतृत्व पद्धती अपनाउने र सबै एनसिसीहरूबाट सदस्यहरूको डाटा संकलन गरी Skill Directory लार्इ पूर्णता दिने, सदस्यता दर्ता तथा प्रतिबद्ध समावेशितालार्इ हालको १% बाट बृद्धी गरी कम्तिमा २% बनाउने ।
(ग) लगानीः स्वदेशमै रोजगार सृजना गर्ने योजनाहरूमा एनआरएनहरूलार्इ लगानी गर्न उत्साहित पार्ने; सिकेको शीप, प्रबिधी र अनुभवको समेत सदुपयोग गर्न “स्वदेश फर्क एनआरएन” प्याकेज / परियोजना तथा अभियान ल्याउने, बिदेशबाट सिधै निक्षेप संकलन गर्नेगरी श्रमिक बैंक या एनआरएन बैंक स्थापना गर्ने या मौजुदा कुनै बैंकबाटै यी सुविधा दिलाउन पहल गर्ने ।
(घ) अधिकारः सबै प्रबासी नेपालीहरूलार्इ बिदेशबाटै मतदानको अधिकार, एनआरएनलार्इ पूर्ण अधिकार, कम्तिमा २ बर्षे करार तथा भिषा लिएर बैदेशिक रोजगारमा जाने कामदार या बिदेशमा उच्च शिक्षा लिन जाने बिद्यार्थीहरूलार्इ पनि बिदेशी बिमानस्थलमा उत्रे लगत्तै एनआरएन मान्नेगरी परिभाषामा समेट्ने, कामदारहरूले आफ्नो पासपोर्ट आंफै राख्न पाउने अधिकार र कमसेकम आइसिसी र एनसिसी तहका सबै पदाधिकारीहरूलार्इ नेपाल सरकार या दूतावासहरूबाट ‘स्वयमसेवक’ को परिचय पत्र दिलाउन पहल गर्ने ।
(ङ) भुकम्प पछिको पुनर्निर्माणः नेपालमा हालै गएको महाभुकम्प पछि एनआरएनकर्मीहरूले बिदेशबाट स्वतः स्फूर्त रूपमा दिएको सहयोग तथा कतिपय एनआरनकर्मीहरूले नेपालमै पुगेर राहत बितरण गरी स्वदेशको पीडा र पुनर्निर्माणमा पनि एनआरएनहरू साझेदार बन्न तयार रहेको यो घडीमा एनआरएनप्रति आस्था प्रकट गर्दै क्षतिका प्रमाण सहित एनसिसीहरूमा निबेदन दिएका सदस्यहरूलार्इ यो संस्थाले बिर्सिन या अवज्ञा गर्न मिल्दैन, यसर्थ १००० घरको पुनर्बास कार्यक्रममा यी निवेदक सदस्यहरूलार्इ समेत समावेश गरी पुनर्बास योजना सम्पन्न गर्ने ।
अन्तमा ७१ मुलुकहरूमा बिधिवत फैलिइसकेको यो साझा सामाजिक संस्था एकांगी या एक पक्षिय भएर अपांग जस्तो नबनोस, धनवानहरूमात्रको चाहना र शोख (रहर) या स्वार्थ सिद्ध गर्ने क्लब जस्तो पनि नबनोस, दलिय राजनीतिकर्मीहरूको रिहर्सल (अभ्यास) गर्ने राजनैतिक क्रिडास्थल जस्तो पनि नबनोस परन्तु आम साधारण एनआरएनहरूको साझा आस्था र बिश्वासको धरोहर बन्नसकोस र कसैले पनि यो संस्थामा नहेपिएर, नमिचिएर, सम्मानजनक समावेशिता, समानता र समानुपातिकताको अनुभूति गर्न सकून, त्यसैमा नै यो संस्थाको छबि र प्रतिष्ठा उच्च रहनेछ, दीगो संस्थागत बिकास सम्भव हुनेछ भन्ने तर्फ सबै मित्र महानुभावहरूको यथोचित ध्यान पुगोस भन्ने शुभेच्छा ब्यक्त गर्दै त्यही सत्कार्यमा होमिन तपार्इहरूको आदेश, समर्थन, साथ सहयोगका लागि पुनः हार्दिक अनुरोध गर्दछु ।
जय एनआरएनए

धरम के.सी.
सचिवको उम्मेदवार
एनआरएनए आइसिसी

प्रतिक्रिया