नेपालको संबिधानको ऐक्यबद्धता स्वरूप पोल्याण्डमा दिपप्रज्वलन

इनेप्लिज २०७२ असोज ६ गते २२:१४ मा प्रकाशित
12023027_10205896046981664_425591930_n
नेपालमा जारि “गणतान्त्रिक नेपालको  संबिधान २०७२” प्रतिको ऐक्यबद्धता स्वरूप पोल्याण्डमा दिपप्रज्वलन  सहित पोल्याण्डको ईतिहासमा पहिलो पटक नेपालका रास्ट्रिय कलाकार चर्चित लोकप्रिय गायिका  कोमल ओली लाई आमन्त्रण गरि  गैर आवाशीय नेपाली संघ पोल्याण्डले  संगीतमय सास्कृतिक कार्यक्रम  २१ सेप्टेम्बर २०१५ सोमबारका दिन पोल्याण्डको राजधानी वार्शामा सम्पन्न गरेको छ ।
युरोप भ्रमणमा रहेको गायिका ओलीलाई करिब २.३० बजे वार्शाको सोपान एयरपोर्टमा संघका बरिष्ठ उपाध्यक्ष श्री मित्रलाल पार्दे, महासचिब श्री श्री कृष्ण न्यौपाने र कोषाध्यक्ष जिबन के.सी. ले स्वागत गर्नु भएकोथियो !
अपरान्हको ४ बजे बाट कार्यक्रम स्थलमा खटिनु भएका उपाध्यक्ष श्री गोपाल राई,सचिब नारायण चालिसे, सदस्य मेघमान जोशी,बिष्णु सापकोटा, सल्लाहकार टोप बहादुर गैरे क्षेत्री,अर्थ समिति सदस्य कुमार दाहाल तथा गैर आवाशीय नेपाली संघ पोल्याण्डको अधिबेशन २०१५-१७ का निर्बाचन आयुक्त श्री कविन्द्र सुबेदी लगाएतले  हल तथा स्टेजको ब्यबस्थापन एबम अतिथि र दर्शकका लागि स्वागत तथा  सहज प्रबेशको तयारि गर्नु भएको थियो !
कन्या द्वय अपि न्यौपाने र गुञ्जन न्यौपानेले कलश र संघका अध्यक्ष डा. बोधराज सुबेदीले फूलका साथमा स्वागत गर्दै कार्यक्रम स्थलमा गायिका ओलीको प्रबेश संगै संघका महासचिब श्री श्री कृष्ण न्यौपानेले संचालन गर्नु भएको, रातको ९ बजे बाट शुरु भएको औपचारिक कार्यक्रमको सभापतित्व संघका अध्यक्ष डा. बोधराज सुबेदीले गर्नु भएको थियो भने उपस्थित सबैमा उपाध्यक्ष श्री मित्रलाल पार्देले स्वागत मन्तब्य राख्नु भएको थियो !
रास्ट्रीय गान लगतै “गणतान्त्रिक नेपालको  संबिधान २०७२” प्रतिको ऐक्यबद्धता स्वरूप अतिथि गायिका ओली,गैर आवाशीय नेपाली संघ पोल्याण्डका आई सी सी सदस्य डा. एलिनी पोख्रेल सुबेदी महिला संयोजक रिता न्यौपाने लगायत संघका पदाधिकारी एबम उपस्थित दर्शक दिर्घाले दिप प्रज्वलन गरि रास्ट्र र रास्त्रियता प्रति ऐक्यबद्धता जनाउनु भएको थियो !
“डाफे झैँ नाच्ने नेपालकी छोरी ” बोलको गीतमा सुनिता भुषाल के सी को निर्देशनमा बालकलाकार अपि न्यौपाने र गुञ्जन न्यौपानेको बेजोड प्रस्तुति संगै शुरु भएको सास्कृतिक/सांगीतिक कार्यक्रम मा गायिका ओलीले भरपुर मनोरंजन प्रदान गरेकी थिइन् ! गायन क्षेत्रमा मात्र नभई बहुप्रतिभाकी धनि ओलीले पोल्याण्ड र पोल्याण्ड बाशी नेपालीका लागि निर्माण गरेको अविस्मरणीय क्षणमा संघका अध्यक्ष, आइ सी सी सदस्य,उपाध्यक्ष, महासचिब लगायतलाई खादा ओदाएर उहाँहरुको कामको सम्मान गरेकि थीइन भने उनि संगै नाच्ने महिलाहरु मध्य उत्कृस्ट नृत्य पर्स्तुत गर्नु हुने कल्पना न्यौपाने लाई उपहार स्वरूप पशुपतिनाथको मन्दिर बाट ल्याईएको शिबलिङ्ग प्रदान गरेकी थीइन,रातको २ बजे सम्म संचालित उक्त कार्यक्रममा पोइल जान पाम, तुलसीपुरमा म जादा खेरि, राइझुमा , झ्वाक तन्नेरी,लगायत करिब दुईदर्जन गित गाउदै बिच बिचमा दर्शक संग दोहोरि खेलेकी ओलीको कार्यक्रममा प्राबिधिक तर्फको जिम्मेवारी गोपाल राईले सम्हाल्नु भएको थियो !

प्रतिक्रिया