नेपालको संविधानको टेक्सासमा भव्य स्वागत (फोटो फिचर)

इनेप्लिज २०७२ असोज ६ गते १०:३६ मा प्रकाशित

_BRN9138 copy

सेप्टेम्बर २० आईतबार,

नेपालमा संघिय लोकतान्त्रिक गणतन्त्र को संबिधान घोषणा भएको पुनित अबसरमा अमेरिकामा प्रबासी नेपाली मन्च केन्द्रिय सल्लाहकार समिती, प्रबासी नेपाली मन्च टेक्सास राज्य कमिटी, नेपाली जनसम्पर्क समिती ड्यालस-फोर्थवोर्थ च्याप्टर, नेपाली जन सम्पर्क समिति वेस्ट टेक्सास च्याप्टर, एनआरएन टेक्सास च्याप्टर तथा पशुपति इन्कको सयुक्त आयोजनामा गत सेप्टेम्बर २० मा एक भव्य दीपावली कार्यक्रम सम्पन्न भयो।

_BRN9108 copy

नेपाली राष्ट्रीय गान “सयौं थुंगा फूलका हामी…….. ” गाएर नेपाल प्रति सम्मान ब्यक्त गर्दै शुरु भएको उक्त कार्यक्रममा टेक्सासमा रहेका नेपालीहरुले सामूहिक दीप प्रज्वलन गरेर संबिधानसभाबाट नेपालको संबिधान-२०७२ घोषणा भएको ऐतिहासिक अवसरलाई स्वागत गरेका हुन् । उक्त अवसरमा उपस्थित विभिन्न संघ संस्थाहरुका पदाधिकारीहरुले एक-आपसमा शुभ-कामना आदान प्रदान गरेर कार्यक्रमलाई उल्लासपूर्ण रुपमा सम्पन्न गरेका थिए।

_BRN9061 copy

कार्यक्रममा नेपाल अमेरिका पत्रकार सघं, नेपाली समाज टेक्सास , नेपाली सांस्कृतिक तथा अध्यात्मिक केन्द्र, UNCON, BDA, INLS, HDNP, Devine Club, Little Nepal, नोर्थ ड्यालस , एभरेष्ट लायन्स क्लब, येति च्याम्बर, हेम सरिता प्रतिष्ठान लगायतका संस्थाहरुले सहभागिता जनाएका थिए। कार्यक्रम पशुपति इन्क को हल मा साँझ ६ बजे शुरु भयो भने दिपावली सुर्यास्तको समय पारेर आयोजना गरिएको थियो।

_BRN9081 copy

संबिधानसभाबाट संबिधान बनाउने ६५ वर्षदेखिको चाहना अहिले आएर पुरा भ​एको र एक युगमा एक पटक आउने यस्तो ऐतिहासिक क्षणमा आफू एकदमै उत्साहित रहेको त्यहाँ उपस्थित धेरैजसो नेपालीहरुको साझा बिचार थियो भने गैरआवासीय नेपालीले नेपालको नागरिकता पाउने व्यवस्था संविधानमा हुनु अर्को खुसी सबै बक्ताले प्रस्तुत गरे। बिभिन्न अवरोध र चुनौतिहरु तथा पहिलो संबिधानसभा बिफल भ​एको तीतो अनुभवका बावजुत संबिधान ल्याउन सकेकोमा वर्तमान राजनितीक नेतृत्वप्रति धेरैले सकारात्मक धारणा ब्यक्त गरेका थिए ।

_BRN9080 copy

हाल तराई, पहाड लगायतका क्षेत्रमा भैरहेका आन्दोलनहरुलाई यहि संबिधान भित्रबाट सम्बोधन गर्न सकिने र आन्दोलनकारी तथा सरकार पक्षबीच चाँडै सहमति भ​एर मुलुकमा दीगो शान्ति आउनेमा सबैको एकमत देखिन्थ्यो । त्यसो हुन सके अब सम्पूर्ण शक्ति राष्ट्रनिर्माणमा लगाउन सकिने र चाँडै नै नेपालले आर्थिक बिकाशमा ठुलो फड्को मार्न सक्छ भन्नेमा सबै बिश्वस्त देखिन्थे ।

_BRN9027 copy

साथै ठुला दलका नेताहरुमा हाल कायम रहेको एकता र सद्भाव कमसेकम संबिधानले परिकल्पना गरेका संरचनाहरु निर्माण भ​एर आगामी संसदीय निर्वाचन हुञ्जेलसम्म कायम रहिरहनुपर्ने र त्यसमार्फत आगामि चुनौतीहरुको सामना गर्दै देश बिकाशमा अगाडि बढ्न सकिने सुझाव नेताहरुलाई यहाँका नेपालीहरुले दिएका थिए । कार्यक्रम को अन्तमा चियापान को आयोजना गरिएको थियो।

_BRN8953 copy

कार्यक्रममा सभापतित्व प्रबासी नेपाली मन्च टेक्सास राज्य कमिटी अध्यक्ष दीपक पाण्डे तथा नेपाली जनसम्पर्क समिती ड्यालस-फोर्थवोर्थ च्याप्टर अध्यक्ष ज्ञानेन्द्र कार्कीले गर्नु भयो भने कार्यक्रमको संचालन NRN टेक्सासका उपाध्यक्ष प्रदीप तिम्सिना तथा स्वागत हरिबोल भण्डारीले गर्नु भएको थियो।

_BRN8982 copy

कार्यकम सकिए पछि मिडिया संग कुरा गर्दै समाजसेवी प्रकाश गौतम ले यस प्रकार को खुशी ब्यक्त गर्ने कार्यक्रममा कोही बक्ताले नेताहरुलाई सोध्ने प्रश्न खुसियाली मनाउने उत्सब राख्नुले समय र सन्दर्भ नबुझ्न सक्नु दुर्भाग्य रहेको बताउनु भयो। कार्यक्रममा झन्डै १५० जनाको उपस्थिति रहेको थियो।

_BRN9039 copy

प्रतिक्रिया