संविधान सर्वत्र हर्ष छर

इनेप्लिज २०७२ असोज ६ गते १०:२५ मा प्रकाशित

 

rakeshkarkiसंविधान सर्वत्र हर्ष छर

नछुटुन् कुनै पनि नेपालीको घर

धेरै पर्खाइ पछिको तिम्रो आगमन

सबैमा पुगोस एकनासको न्यानोपन

 

गणतान्त्रिक पूर्ण संविधान

हटाउ जातियता र साम्प्रदायिकता

शान्ति र स्थायित्व बहाली

भाषाभाषी बीच भावनात्मक एकता

 

अनुशासित बनाउ देशमा शान्ति

विकासको आर्थिकलक्ष्य निर्धारण

एक अर्काको अस्तित्व स्विकारेर

हिमाल देखि तराईसम्म जागरण

 

नयाँ संविधानले कोरेको रूपरेखाले

ल्याओस् सत्ता संचालनको असल मार्ग

हटाओस सारा नराम्रा विचारहरु

नेपाली हुँ भन्दा हामीमा गर्व

प्रतिक्रिया