जुम्ला बस काउन्टरमा बम विष्फोट

इनेप्लिज २०७२ असोज ६ गते ९:५९ मा प्रकाशित

bombजुम्ला, ६ असोज । गएराति १ः२० बजेतिर चन्दननाथ नगरपालिका–७ छिनासिमनजिक रहेको कर्णाली यातायात व्यवसायी सङ्घको बस काउन्टरमा बम विष्फोट गरिएको छ ।

बम विष्फोटबाट काउन्टर काम नालग्ने गरी ध्वस्त भएको प्रहरी निरीक्षक प्रेमबहादुर खड्काले जानकारी दिनुभयो । मध्यरातिको समय भएकाले कसले बम विष्फोट गर्‍यो भन्ने कुरा थाहा हुन नसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खड्काले बताउनुभयो ।

बम विष्फोटको केही समयपछि प्रशासन र प्रहरी टोली उक्त स्थलमा पुगेको प्रमुख जिल्ला अधिकारी दीपेन्द्रराज पौडेलले जानकारी दिनुभयो । आज बिहान नेपाली सेनाको प्राविधिक विशेषज्ञ टोली त्यहाँ पुगेको थियो । घटनाका बारेमा गम्भीर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया