असोज अन्तिम साताबाट रत्नपार्कमा इन्टरनेट सुविधा

इनेप्लिज २०७२ असोज ६ गते ९:४७ मा प्रकाशित

internetकाठमाडौँ, ६ असोज । रत्नपार्कभित्र अवलोकन गर्ने अवलोकनर्ताले असोज अन्तिम सातासम्म निःशुल्क इन्टरनेटको सुविधा प्राप्त गर्न सक्नेछन् ।

रत्नपार्क तथा रानीपोखरी एकाइका सहायक प्रमुख उमेश भण्डारीका अनुसार रत्नपार्कलाई थप व्यवस्थित गरिएसँगै अवलोकनकर्ता लामो समयसम्म पनि पार्कमा आएर बिताउने हुँदा इन्टरनेटको व्यवस्था गर्न लागिएको छ ।

एक वर्षसम्म बन्द रहेर पुनः निर्माणपछि सञ्चालनमा आएको उक्त पार्कमा दैनिक करिब एक हजारसम्म सर्वसाधारण आउने गर्दछन् । इन्टरनेटको सुविधापछि पार्क अवलोकनकर्ताको थप आकर्षणको केन्द्र बन्ने एकाइको अपेक्षा रहेको छ ।

एकाइको अनुसार इन्टरनेटसँगै अवलोकनकर्ताले खाजा घर र व्यवस्थित किसिमको शौचालयको समेत माग गरेका छन् । यस पार्कको पुनःनिर्माणपछि सर्वसाधारणका लागि रु २५ र विद्यार्थीका लागि रु १५ शुल्क लिएर प्रवेश दिने गरिएको छ ।

प्रतिक्रिया