भेडापालन स्रोत केन्द्र स्थापना गरिने

इनेप्लिज २०७२ असोज ६ गते ७:४५ मा प्रकाशित

vedaa-paalanम्याग्दी, ६ असोज । म्याग्दीको उत्तरी कालिभेगमा कृषकलाई सुविधा उपलब्ध गराउने उद्देश्यले भेडापालन स्रोत केन्द्र स्थापना गरिने भएको छ ।

उत्तरी कालिगण्डकी करिडोर क्षेत्रमा रहेका २० जना कृषकलाई समावेश गरी स्रोत केन्द्र स्थापना गर्न लागिएको हो । जिल्ला पशु सेवा कार्यालयका वरिष्ठ पशु चिकित्सक दयाराम चापागाईंले स्रोत केन्द्रमा शिख, घारा, दाना, दोवा र भुरुङतातोपानी गाविसमा व्यावसायिक भेडापालन गर्दै आएका कृषकलाई आबद्ध गराइने बताउनुभयो ।

यस अगाडि नै त्यस क्षेत्रका कृषकलाई समूह गठन गरी एकीकृत गरिसकेकाले त्यही समूहलाई नै केन्द्रका रुपमा अगाडि बढाउने तयारी भइरहेको छ ।

केन्द्र स्थापनाका लागि मन्त्रालयबाट करिब रु छ लाख रकम प्राप्त भइसकेकाले छिट्टै उक्त अभियानमा लाग्ने चापागाईंको भनाइ छ । उक्त कार्यक्रमअन्तर्गत कृषकलाई भेडापालनसम्बन्धी विभिन्न औजार, उपकरण तथा परजीवीविरुद्धको औषधि सहयोग गरिने उहाँले जानकारी दिनुभयो ।

जिल्लामा हाल कृषकले करिब २६ हजार भेडा पाल्दै आएका छन् ।

प्रतिक्रिया