अतिथिगृहको पङ्खा नै लिएर सुइँकुच्चाः संस्मरण

इनेप्लिज २०७२ असोज ६ गते ०:३१ मा प्रकाशित

bj 3

चोरको हजार दाउँ भन्ने हामीले सुनेका छौ l बिश्वमा अपत्यारिला चोर र चोरीको घटना हामीले सुनेका छौ l आश्चर्यचकित पार्ने हामीले पत्र पत्रिकामा पढेका छौ l हाम्रो देशमा नै कस्तो कस्तो प्रकारका चोरहरु र चोरी भएका घटना भएका हामीले सुनेको हुनु पर्छ l

घटना २३ बर्ष भन्दा अगाडिको घटना हो l सप्तरी जिल्लाको राजविराजमा घटेको घत लाग्दो घटना l यो पंक्तिकार नेपालमा ओखति प्रचार तथा प्रसार गर्ने पेसामा भएकोले लुखुर लुखुर हिड्नु पर्थ्यो l आफ्नो ईलाका पुर्वान्चल पर्दथ्यो l

बिराटनगर केन्द्र बनाई उक्त क्षेत्रका मुख्य सहर हरेक महिना मासिक बिक्रि बन्दि गर्न जानु पर्ने हुन्थ्यो l घटना अलिक आस्चर्य जनक पनि आफुलाई लागेको हो l

राजबिराजमा मच्छरको बिग बिगी र बत्ति झ्याप झ्याप गइ रहने l माघ महिनाको एक साँझ राजविराज पुगे l राजबिराजमा त्यो समयमा तारे पाहुना घरहरु(लज) थिएनन् l अहिले के छ भन्न सक्दिन l सस्तोमा बास बस्न पाइने l खान पनि अन्य सहरको तुलनामा सस्तो नै पर्दथ्यो l

माघ महिनामा काम सकेर सुत्न अतिथि गृहमा पुगे l बिजुली बत्ति नभएको र मैन बत्तिले काम चलाई रहेको देखे lर ग्राहक पनि बास माग्न फाट्ट फुट्ट आउदै थिए l माघ महिनामा एक त बत्ति नभएको अर्को लालटिन बालेर काम चलाउनु पर्ने अतिथि गृहको अवस्था l नाजुक अवस्था l मैन बत्तिको पनि खुब प्रयोग हुन्थ्यो l

साँझ पख एउटा मानिस आयो l समान ठुलो झोला लिएर पस्यो l र साथमा एउटा अलिक लामो बाकस जस्तो पनि थियो l म पनि भर्खर पाहुना घरमा पुगेकोले त्यहि बसेकोले त्यो मान्छेलाई देखे l अनुहार चिनिन l त्यो मानिसले मैले खान पिन गरे l म निक्कै टाडा जानु छ l कृपया ढोकामा चाबि भित्र बाट नलगाई दिनु होला l म बिहानै ४ बजे उठेर जान्छु भनि बासको पैसा सुरुमा बुझायो l

ढोका पनि नलगाए हुन्छ भन्ने अनुरोध गर्दै थियो l त्यो मानिसलाई अध्यारोमा देखिएन l एक रात बस्न आएको मानिस चोर होला भन्ने एकिन नै गर्न सकिएन l

राती पाहुना घरको मुख्य द्वारको भित्रबाट चुकुल पनी खुला पारी दिएछ l अनि चोरलाई सजिलो भै गयो l उसले आफु सुत्ने कोठामा छत् (सिलिङ्ग )मा झुन्डाएको पंखामा आँखा गाडेको रहेछ l माथिको पंखा खोल्ने सामग्री ल्याएको रहेछ l हल्ला नगरी बिस्तारै आवाज नआउने गरि २-३ घण्टा लगाएर पंखा खोलेछ l र ,पंखाको सबै भाग  टुक्रा टुक्रा खोलेर बाकसमा हालेछ l मदेशमा राती ढिलो सुत्ने भएकोले राती १२ -१ बजे सबै जना मस्त संग सुते l

त्यहि मौकामा त्यो मानिसले करिब ३ देखि ३ :३० बीच एक रातलाई सुत्न आएको मानिसले पंखा नै लिएर सुईकुच्चा ठोकेछ l बिहान पख ढोका खुल्ला देखेर हल्ला खल्ला भयो l र बिहान ४ बजे त्यो मानिस बिहान नै जान्थ्यो भनि भनेकोले उठाई दिनु पर्यो भनेर ४ बजे तिर काम गर्ने केटालाई उसको कोठामा पठाउदा ढोका ४ बजे नै खुल्ला देखे पछि छक्क पारी बत्ति बलेको त छैन पंखा l

चोरले टेबल तथा अन्य मुनि रहेको पंखा लान सक्लान तर योजना बद्ध रुपमा ग्राहक बनि आई माथि छत (सिलिङ्ग )को पंखा नै उडाउनु भनेको चानचुने कुरा हैन l त्यो उमेर सम्म आफुले त्यस्तो घटना कहिले नसुनेको र थाहा नपाएकोले कति हास्नु l त्यसैले चोरको हजार दाउँ भनेको साचो त्यहि घटनाले मलाई चोरको हजार दाउँ भनेको साचो जस्तो लाग्यो l

उ अध्यारोमा आउनु ,बत्ति नहुनु , ढोका खुल्ला राखी दिनु र उ निस्कने बेलामा हेर विचार नगर्नाले त्यो घटना हुन् पुग्यो l त्यस पछि पनि आफु त्यहाँ बास बस्न धेरै पटक गए तर त्यस कुरामा संचालक साबधान तथा चनाखो भएको पाए l

अमेरिकाको डिसी महानगर क्षेत्रमा छु l यस क्षेत्र वरपर बास बस्ने पाहुना घरमा पंखा चै हुन्छन तर छत्को चलाएको देखिदैन l किनभने सबै ठाउँमा वातानुकुलित ( एयर कन्डिसन ) हुन्छ l अझ पनि अमेरिकामा झुन्डिएको पंखा देख्ने बितिकै राजविराज को संस्मरण गराई दिन्छ l

भुईको पंखा लिएर जाने सम्भव हुन्छ तर चालु अवस्थाको छत् माथि (सिलिङ्ग )को नै पंखा चोर्नु भनेको त माने …. चोरलाई l वहा चोर ……

…………………………..अस्तु

 

 

 

 

 

 

 

 

प्रतिक्रिया