संविधानको आगमनसँगै एक राजनीतिकर्मीद्वारा ३० लाखको जग्गा प्रदान

इनेप्लिज २०७२ असोज ५ गते ४:०६ मा प्रकाशित

महोत्तरी, ५ असोज । संविधानको आगमन भएको भन्दै महोत्तरीको बर्दिवासमा एक राजनीतिकर्मीले लाखौँ मूल्य बराबरको जग्गा विभिन्न सङ्घसंस्थालाई प्रदान गरेको छ ।

महोत्तरीको बर्दिबास निवासी नेपाली काँग्रेसका महासमिति सदस्य चिरञ्जीवी हमालले वर्षौंपछि देशमा जनप्रतिनिधिद्वारा संविधान जारी भएको भन्दै यहाँ स्थापित सङ्घसंस्थालाई रु ३० लाख बराबरको दुई कट्ठा जग्गा प्रदान गर्नुभएको हो ।

उहाँले आफ्ना बुबाआमा नीरबहादुर हमाल र रतन हमालको स्मृतिमा नेपाल परिवार नियोजन सङ्घ बर्दिवासलाई एक कट्ठा र नेपाल रेडक्रस सोसाइटी बर्दिबास तथा रक्तसञ्चार केन्द्र बर्दिबासलाई १० धुर जमिन निःशुल्क प्रदान गरेको बताउनुभयो ।

प्रतिक्रिया