इजरायलमा “हरितालिका तीज २०७२ इजरायल”

इनेप्लिज २०७२ असोज ५ गते ०:११ मा प्रकाशित

dip...

इजरायलमा रहेका  समस्त नेपालीहरूको संयुक्त  पहलमा आयोजित “हरितालिका तीज २०७२ इजरायल” १८ अगष्ट शुक्रवार इजरायलको तेलअभिवस्थित याफो पार्कमा सभ्य र भव्यरूपमा सम्पन्न  भएको छ । निर्धारित समयमा नै  शुरू भएको उक्त कार्यक्रममा ६५ वर्षपछी नेपालले नयाँ संविधान प्राप्त गरेको तथा देशमा भईरहेका हिंसात्मक  गतिविधीहरूको अन्य भई दिगो स्थायी शान्ति कायम होस् भन्ने कामनास्वरूप इजरायलका लागि नेपाली राजदुत  महामहिम प्रल्हाद कुमार प्रसाई साथमा उहाँकी धर्मपत्नी सिता प्रसाई, काउन्सिलर तथा उपनियोग प्रमुख खड्ग  प्रसाद दाहाल साथमा उहाँकी धर्मपत्नी लक्ष्मी दाहाल, द्वितिय सचिव रोशन खनालद्वारा दिप प्रज्वलन गरिएकोथियो भने तीजमा सजिएर आएका दिदिवहिनीहरूले दिप प्रज्वलनमा साथ दिएका थिए ।खुल्ला आकासमुनी खुलेर नाच्ने दिदिवहिनीहरूकै चाहनाअनुरूप आयोजित उक्त कार्यक्रममा समुन्द्रको चिसो-चिसो हावासंगै श्वादिष्ट दर को साथमा नाच्दै, गाउदै, रमाउदै एक-आपसमा शुभकामना आदानप्रदान गरेका थिए । दर खाने कार्यक्रमसंगै दिदिवहिनीहरू छमछमी नाचेको रमणिय वातावरणले कार्यक्रमलाई हर्षोल्लासमय वनाएको थियो

DSC04384

। कमेडी नाटक, गित, कमेडी डान्स तथा कलाकारहरूसंगै दर्शकहरू पनि दिल खोलेर रमाएको देखिन्थे । करिव १२ वजे खोलिएको चिठ्ठा अन्तर्गत उपहार कार्यक्रमले उपस्थितहरूलाई थप मनोरन्जन प्रदान गरेको थियो । चिठ्ठा कार्यक्रम अन्तर्गत पहिलो उपहारमा काठमाण्डौकी विष्णु सेनलाई तीजको रातो सारी दोश्रो उपहारमा दाङ  तुल्सिपुरकी वर्ता पुनमगरलाई लेडिज घडी, तेश्रो उपहारमा पोखराकी आशिक गुरूङलाई लेडिज पर्स परेको थियो भने  सान्त्वनामा कृष्टलका चुरा र चम्पाका हजार पाईला रहेको थियो । 

DSC04342

सास्कृतिक प्रस्तुती दिने कलाकारहरूमा सानु खतिवडा, गंगा आचार्य, लक्ष्मी अधिकारी, मोनिका शर्मा, अनिता आचार्य,अन्जिता पौडेल, प्रनिशा लिम्वु, माया खनाल,निर्मला थापा, सिन्धु पौडेल, सृजना थापा,इन्दिरा केसी,रेखा पन्त.धर्म भण्डारी, रियाज सिवाकोटी,रेशम क्षेत्री,भोला थापा,गणेश गौतम, सिमा सुवेदी, कल्पना शर्मा, हजुरी शाह  कडेल लगायतका रहेका थिए । तीज गित, नृत्य, कमेडी नाटक जस्ता मनोरन्जनात्मक खुराकहरूले उपस्थितहरूलाई  खुवै झुमाएको थियो ।

DSC04299

उक्त कार्यक्रमका स्पोन्सरहरूमा सुजता गौतम (तरकारी, अचार,पुलाउ), निरज सुवेदी ( जुस, पानी), देव घिमिरे,  माला खनाल र एनआएन इजरायल (१,०००Nis ) रहेका छन् त्यसैगरी दर वनाउन सहयोग गर्ने आयोजक तथा  सहयोगीहरूमा रामशरण वानिया, धर्म भण्डारी, विवश खापुङ, शिवसेन ठकुरी, सुलोचना दाहाल,वर्षा शेर्मा लिम्वु, सुमी आचार्य भण्डारी, लक्ष्मी.व.श्रेष्ट, दिपेन्द्र श्रेष्ठ, प्रल्हाद थापा, माला खनाल लगायत सहयोगीहरू रहेका थिए ।

DSC04281

देश-विदेशमा रहेका नेपालीहरूको सुविधालाई मध्यनजर गर्दै रेडियो नमस्ते नेपाल र रेडियो हिशिखरले कार्यक्रमको  प्रत्यक्ष प्रसारण समेत गरेको थियो ।  चिठ्ठा खोल्नको लागि प्रवासी नेपाली नागरिक समाज इजरायलका अध्यक्ष नवराज खड्का, एनआरएन इजरायलका
प्रथम उपाध्यक्ष विशाल ज्ञवाली, नमस्ते नेपाल सामाजिक हातेमालो संस्थाका केन्द्रिय अध्यक्ष रामशरण वानिया, विश्व साहित्य महासंघका उपाध्यक्ष दिपेन्द्र थापा, नेवा खल तथा स्काई संसार डट कमका आरोह श्रेष्ठ, कलाकार  मंचका रेशम क्षेत्री, रियाद सिवाकोटी, नविन न्यूजका कृण्ण रायमाझी लगायतका दाजुभाईहरूले सहयोग गरेका थिए । चिठ्ठाका उपहारहरू पनि तीजविशेष नै रहेका थिए भने उपहार पर्नेहरू पनि सवैजना महिला सहभागीहरू नै  रहेका थिए । चिठ्ठा व्यावस्थापन समितीका दिपेन्द्र थापाले निकै रमणिय तरिकावाट चिठ्ठा कार्यक्रम सम्पन्न गर्नुभएको थियो । उक्त कार्यक्रमको संचालन मिडियाकर्मी तथा आयोजक टिमकी शुभद्रा भण्डारीले गर्नुभएको थियो

। “हरितालिका तीज २०७२” आयोजक टिमले निमन्त्रणालाई स्विकार गरेर कार्यक्रममा सहभागिता जनाई कार्यक्रमको सोभा वढाईदिएकोमा दुतावास परिवार, एन आर एन इजरायल, विभिन्न संघसंस्थाका प्रतिनिधीहरू तथा अनलाईन  मिडियाकर्मीहरूप्रति हार्दिक आभार प्रकट गरेको छ साथै दर व्यावस्थापनमा सहयोग गर्ने सम्पुर्ण सहयोगीहरू,  सास्कृतिक प्रस्तुती दिने कलाकारहरू, व्यावस्थापनमा खटिएका भोलेन्टियरहरू, सहयोगी दाताहरू र उपस्थित सम्पुर्ण सहभागीहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै इजरायलमा यसैगरी एकतावद्द भएर विभिन्न कार्यक्रमहरू सफल वनाउन सकिने महशुस गरेको समेत जनाएको छ । कार्यक्रमवाट खर्च कटाएर नाफा हुन आएको रकम  आयोजक कमिटीको सहमतीमा पिडामा छट्पटाउदै सहयोगको भिख मागिरहेका पिडितहरूलाई  सहयोग गरिने जानकारी गराईएको छ ।

प्रतिक्रिया