बोष्टनमा १५० औ मोती जयन्ती भब्य रुपमा सम्पन्न । राजमित्र स्मृति प्रज्ञा पुरस्कार भारती गौतमलाई ।

इनेप्लिज २०७२ असोज ४ गते २१:४६ मा प्रकाशित

12039716_935695279834881_6454297845034961293_n
अमेरिकाको बोष्टनमा हिजो १५० औ मोती जयन्ती भब्य रुपमा सम्पन्न भयो । अनेसास बोष्टन च्याप्टरले आयोजना गरेको कार्यक्रमको सभापतित्व सँस्थाका अध्यक्ष श्री हरि काफ्लेले गरेका थिए भने मोती जयन्तीलाई कवितामय वाताबारणमा सचिव यम पौडेल ले सँचालन गरेका थिए । कार्यक्रमको बिचमा अनेसास बोष्टन कि पुर्व अध्यक्ष तथा अनेसास अन्तराष्ट्रिय समितिकि पुर्व ऊपाध्यक्ष भारति गौतमलाई सम्मान गर्दै २५१ डलर सहित “ राजमित्र स्मृति प्रज्ञा पुरस्कार “ प्रदान गरियो । भारति गौतमका “ स्मृतिमा भिमू ,आकाशमाथिको शहर पहिल्यै प्रकाशित कृति हुन । यतिबेला प्रकाशित “अमेरिकामा आमा” पनि धेरैले मन पराएको कृति भएको छ यसलाई बेचेपछिको सबै रकम अनेसास बोष्टनले लिने गरि केहि पुस्तक आजै सँस्थालाई प्रदान गरियो ।

12032215_935694916501584_1129225125498966009_n

ग्रेटर बोष्टन मा रहेर नेपाली भाषा साहित्यको विकासमा लागिपर्ने मध्ये हरेक बर्ष एक जनालाई प्रदान गर्ने यस पुरस्कार अनेसास बोष्टन मार्फत छनौट हुनेछ, अगाडि बढनेछ । नेपालमा प्रजातन्त्र प्राप्तीको लागी २००७ साल अगावै देखि लडेका बिराटनगरका स्व. बाबा राजेन्द्र प्रसाद नेपाल तथा ऊहाकी धर्मपत्नी मित्रबिबिन्ध्या को स्मृतिमा बोष्टन माल्देन निवासी ऊहाका साहित्यप्रेमी छोरा बुहारी शुसिल नेपाल तथा सुमन नेपाल ले गत बर्ष मोती जयन्तीकै अवशरमा यस पुरस्कारको स्थापना गरेका हुन ।

12047129_10207889494379263_1183706840007352510_n

निकै धेरै नेपाली कवि तथा साहित्यकारहरु बसोबास गर्ने ग्रेटर बोष्टनमा हिजो करिब ५ दर्जन साहित्य अनुरागी जुटेका थिए । शुरुमा अनेसास बोष्टनका सदस्य साहित्यकार महेश्वर पन्तले आफ्नो चोटिलो गजल सहित सबैलाई स्बागत गरेका थिए भने ऊपाध्यक्ष एवँ कबि लाल गोपाल सुबेदीले निकै समय लिइ कवि मोतिराम भट्टको ब्यक्तित्व र कृतित्वऊपर प्रकाश पारेका थिए । ३० बर्षमात्रै बाचेका कबि मोतिरामका २ दर्जन भन्दा बढी बिभिन्न बिधाका कृतिले नेपाली साहित्यलाई व्हात्तै माथि ऊठाएको बारे चर्चा भएको थियो । गजल शुरु गर्ने, गद्धमा लेख्ने लगायत अव्दितिय प्रतिभाका धनि मोतिरामले नै भानुभक्तलाई चिनाएको बारे पनि चर्चा भयो । ऊपाध्यक्ष सुबेदीले हालसालै प्रकाशित गरेका आफ्ना ६ कृति मध्येबाट एक कबिता समेत बाचन गरेका थिए ।

12048874_908966811352_761958053_n

कार्यक्रममा आ- आफ्नो रचना बाचन सहित धेरै सर्जक हरुले मोती प्रति सम्मान ब्यक्त गरेका थिए त्यस्ता साहित्यसाधक हरुमा कबि एवँ अनेसास केन्द्रका महासचिव गोबर्ध्दन पुजा , कबि एवँ अनेसास बोष्टनका पुर्ब अध्यक्ष अच्युत अधिकारी , कृतिकार एवँ हारबर्ड युनिभर्सिटीका प्रोफेसर डा. शिव गौतम, अध्यक्ष एवँ कवि हरि काफ्ले, गजकलकार एवँ कोषाध्यक्ष दिनेश राजभण्डारी, गितकार एवँ पुर्ब सदस्य अनु शाह, कथाकार एवँ पुर्ब सदस्य भक्त गुरुङ, कबि शुसिल नेपाल, कवि डा. बिनिता के सि, एन डब्लु जि एन कि अध्यक्ष रुक्मणी कार्की, क्यानाडा टोरन्टो देखि आएका कवि करुण कार्की, गजलकार सुबास घोले, गजलकार सुरेश वाग्ले, गजलकार रोशनी वाग्ले, लगायत का सर्जकहरु थिए भने साहित्यप्रेमी ग्रेटरबोष्टन नेपाली कम्युनिटिका अध्यक्ष राम थापा, पशुपतिनाथ बुद्द फाऊण्डेशनका चियर पर्शन मिलन गुरुङले शुभकामना मन्तब्य दिएका थिए ।

12041921_908966821332_188021986_n

यसपटकको मोती जयन्तीलाई पनि आफ्नै घरमा बोलाई हल तथा मिठो नेपाली खाना को ब्यबस्था गर्ने माल्देन निवासी साहित्यप्रेमी शुसिल नेपाल र सुमन नेपाललाई अध्यक्ष हरि काफ्लेले सम्मान गरेका थिए । सो अवशरमा राजमित्र स्मृति प्रज्ञा पुरस्कार को धनराशि २५१ बाट बढाऊदै लग्ने पानि नेपाल दम्पतिले बचन दिए ।

12047326_908966791392_805081064_n

कार्यक्रमको अन्तिममा अनेसास का अध्यक्ष हरि काफ्लेले बोष्टनमा नेपाली साहित्य फष्टाऊदै गएको अबस्था भएकोले बिदेशमा रहेर नेपाली भाषाको श्रीबृद्दिमा सहयोग गर्ने अनेसास का पदाधिकारी , बोष्टनमा रहेर कृति प्रकाशनमा ल्याऊने सर्जक तथा साथदिने सबैलाई मुरिमुरी धन्यबाद दिएपछि कार्यक्रम सकिएको थियो ।

प्रतिक्रिया