नेपालमा संविधान अमेरकामा भव्य स्वागत

इनेप्लिज २०७२ असोज ४ गते ९:५८ मा प्रकाशित

15092126asdifnuysdfiuyasoiduyf8asdyf8y88788yyasd8fdfबाल्टिमोर, ४ असोज – संघिय गणतन्त्र नेपालको संविधान २०७२ घोषणा भएको एतिहासिक अवसरमा मेरिल्यान्ड, बाल्टिमोरमा स्वागत कायंक्रम सम्पन्न भएको छ।
संघिय गणतन्त्र नेपालको सम्भिधान २०७२ घोषणा भएको एतिहासिक अवसरमा मेरिल्यान्डमा बाल्टिमोर एसोसिएशन अफ नेप्लिज ईन अमेरिका (वाना) प्रवासि नेपालि मन्च मेरिल्यान्ड राज्य कमिटि, प्रवासी नेपालि एकता समाज मेरिल्यान्ड लगाएतका स्थानिय संघस्स्थाहरूको सहभागितामा नेपालको नयॉ सम्भिधान आगमनको खुशियालिमा एक भव्य स्वागत कायंक्रम सम्पन्न भयो ।

कार्यक्रमका प्रमुख अतिथि मेरिल्यान्ड र पेन्सिलभेनियाका लागि नेपाल सरकारका माहवाणिज्यदुत प्रेमराजा महत तथा विशेष अतिथि एनआरएन आई सि सि का केन्दिय उपाध्यक्ष टि वि काकीं अतिथिहरूमा एनआरएन अमेरिकाको उपाध्याक्ष रविना थापा, प्रवासि नेपालि मन्च राष्ट्रिय कमिटिअमेरिकाको माहसचिव प्रभु थापा, केन्दिय सदस्य डिल्लि पौड्याल, प्रवासि नेपालि एकता समाजको तफंवाट राप्रपा नेपालका केन्दिय सदस्य प्रेम कुमार श्रेष्ठ, वानाका निवतंमान अध्यक्ष विजय श्रेष्ठ नासोका दुगॉ वि क, पवंत समाजका अध्यक्ष दुगॉ श्रेष्ठ, म्याग्दे समाजका अध्याक्ष राम भन्डारि, चितवान समाजका आन्नद घिमिरे बाग्लुड समाजका उपाध्याक्ष विपिन श्रेष्ठ, एनआरएन अमेरिकाका केन्दिय सदस्य शिव पौड्यल, मेरिल्यान्ड च्याप्टर अध्यक्ष जेदु पोख्रेल लगाएतका व्यक्तिहरूले नेपालमा सम्भिधान घोषणा भएको उपल्क्ष्यमा खुशी ब्यक्त गदै शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रमलाई वर्तमान संविधानसभामा नेपाली कांग्रेसका सभासद माननिय रामकूष्ण घिमिरे तथा नेकपा एमालेको पोल्टब्यूरो सदस्य सवोंच्च अदालतका बरिष्ट अधिवक्ता तथा दुबै संविधानसभाका सदस्य अग्नि खरेलले स्काइप वाटा लाईभ मन्तव्य व्यक्त गर्नुको साथै क़ानून विद खरेलले बर्तमान संविधानले प्रवासि नेपालीहरूको लागि गरेको व्यावस्था तथा यसका मुख्य मुख्यधाराको वारेमा जानकारि गराउनुको साथै सहभागिहरूलाई लागेका जिज्ञासहरूको जवाफ पनि दिनुभएको थियो ।
कार्यक्रमको सभापतित्व वानाका अध्यक्ष कुलमणि आचार्य तथा प्रवासी नेपाली मन्च मेरिल्यान्ड राज्य कमिटिका अध्यक्ष यूद्द वहादुर पन्तले स्वागत भाषण तथा वानाका माहसचिव देवब्रत शर्मा तथा उपाध्यक्ष सतिष चापागाईलै सन्चालन गर्नु भएको कायंक्रममा वाल्टिमोर वारिपरिका सबै संघ संस्थाका प्रतिनिधि तथा नेपालिहरूको वाक्लो उपस्थिति रहेको थियो । कार्यक्रम वाल्टिमोर स्थित हिमालयन हाउस डाईनिडमा भएको थियो ।

प्रतिक्रिया