फ्लोरिडामा तीज हर्ष उल्लाशका साथ् सम्पन्न

इनेप्लिज २०७२ असोज ४ गते ५:०५ मा प्रकाशित

FB_IMG_1442545380192

प्रत्येक बर्ष झैं एस बर्ष पनि हिन्दुहरुको एक मात्र पबित्र महान चाड तीज फ्लोरिडाको ट्याम्पा बे शहरमा हर्ष उल्लाशका साथ् दर खाने रात्री भोज यु.यस.एफ़. का नेपाली बिद्यार्थी संघ तथा ट्याम्पा बे बाशी समुदायहरुको सहयोगमा बिधिबत भब्यताका साथ् सम्पन्न भएको थियो । दर खाने दिनको रात्री भोजमा पुरुषहरु द्वारा स्वादिष्ट भोजन लगायत दहि मिष्ठान आमन्त्रित महिला बर्गहरुलाई पस्केर सेवा गरिएको थियो । कार्यक्रममा बाल-बालिकाहरु सहित नयाँ पुराना मित्रहरु लगायत लगभग ७५ जनाको सहभागिता रहेको थियो ।

FB_IMG_1442545461813 बिभिन्न तीजका सुमधूर सांगीतिक उक्त लोक साँझमा समस्त महिला बृन्दहरुका साथ बृद्धा महिलाहरुले समेत उक्त साँझको नृत्यमा सहभागी बन्न पछी नहटेको थियो भने आयुष कँडेल भाईले राष्ट्रिय पोशाक दौरा-सुरुवाल टोपी लगाई आई उक्त कार्यक्रममा आफ्नो लोक नृत्य प्रस्तुत गरि माहोललाई एकीकृत बनाई उपस्थित समुदाय बीच यौटा उदाहरण बन्न पूर्ण सफल रहेको थियो । स्वादिष्ट भोजनमा खाजाका परिकारहरुमा दुवै बिध्यार्थि संघ तथा ट्याम्पा बे समुदायले बिशेष रुपमा सहयोग गर्नु भएको थियो । हरितालिकाको दिन बिधिबत रुपमा सनातन मन्दिरमा शिवजीको आराधना पूजा अर्चना गरियको थियो। उक्त दिन भारतीय समुदाय लगायत लगभग ४० जना जति भक्त्तालुहरुको संलगनता थियो । मन्दिरका मूल पुरोहित श्री, माणिक्य ज्यूले आमन्त्रित भक्तालुहरुलाई तीजको बारेमा धार्मिक ज्ञान, पौराणिक कथा, तथा पुजा अर्चनाका अर्थहरुको समेत ब्याख्या गर्नु भई शिक्षित बनाईदिनु भएको थियो ।

FB_IMG_1442688796973यसरी परम्परागत बिधिबत रुपमा सुपुर्दगी गर्दै आईरहेको यस महान चाडले सयौ फूलका थुङ्गा हामि एउटै माला नेपालीको सार्थक उदाहरण उजागर गरिदिएको संस्कार फेस बुकमा अप्लोड़ गरियका बिभिन्न देश-बिदेशका भाषा-भाषीको सहर्ष श्रदान्जली धार्मिक समर्पणले संस्कृतिको सम्र्क्षण भएको छ भन्दा दुई मत हुँदैन । यसरि नै आफ्नो भाषा, संस्कृति, भेष-भुषा, धर्म सम्पदाको सम्रक्षण गरि पुनः प्रत्यक बर्ष एवम प्रक्रियाले क्रमश: युगानु-युग मनाउन पाई रहोस भन्ने ट्याम्पा बे समुदायको तर्फबाट म भन्न चाहन्छु, अरू क्रमश:।

IMG_3596_zpsubvkq8hx

प्रतिक्रिया